
सामीले गर्यो पत्रकारहरुसंग अन्तरक्रिया श्रावण यतामात्र ५ हजार बढीले सेवा पाए

निर्मल बस्नेत
पुष १५, चौतारा (सिन्धुपाल्चोक ) । चौतारामा सामी परियोजनाले सुरक्षित बैदेसिक रोजगारी सम्वन्धि सिन्धुपाल्चोकका पत्रकारहरुसंग १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
सामीले “स्वदेशमा नै रोजगार गरौ बैदेसिक रोजगारीमा जाने नै भए सिप सिकेर र सुचना लिएर मात्र जाऔँ” भन्ने आह्वान सहित सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रविसे नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकामा विगत केहि वर्षयता सुरक्षित बैदेसिक रोजगारी सम्वन्धिविभिन्न कार्यक्रमहरु सञ्चालन गदै आईरहेको जानकारी गराएको छ ।
सामीले गरेको कार्यहरुमा मनोसामाजिक परामर्स, सीपमूलक तालिम, अन्तरक्रिया गोष्ठी र सचेतनाको कार्यक्रम रहेको छ ।
जिल्ला प्रशासन र्र्काालयमा हेल्प डेस्क नै खडा गरेर निरन्तर सुरक्षित बैदेसिक रोजगारी सम्वन्धि कानुनी र व्यवहारीह परामर्स दिदै आईरहेको छ ।
यसरी प्रदान गर्ने सेवामा समीले लिएको लक्ष्य भन्दा बढीलाई सेवा प्रदान गरेका कुरा सार्वजनिक गरेको छ सिन्धुपाल्चोकमा मात्र ५ हजार ८ सय ७ जनाले सेवा पाएका छन् ।
सामी परियोजनाका अधिकृत भोजराज सुनुवारले दिएको जानकारी अनुसार सामीले नेपालको ३९ जिल्लामा सुरक्षित बैदेसिक रोजगारी सम्वन्धि कार्यक्रम सञ्चालनमा छन् । उनले भने प्रतिवर्ष ४ लाख ५० हजार श्रमशक्ति आन्तरिक श्रमबजारमा छन् र दैनिक १५ यस देखी १७ सयसम्म बैदेसिक रोजगारीमा जाने गरेका छन् ।
यसरी नेपालवाट बैदेसिक रोजगारीको सिलसिलामाप्राय मलेसिया, साउदी, कतार, दुवै,लेवलायन जस्ता खाडीमूलुकहरुमा जाने गरेको सामीले जानकारी दिएको छ । सामीको रेकर्ड अनुसार ७५ प्रतिशत अदक्ष, २४ प्रतिशत अर्धदक्ष र १ प्रतिशत मात्र दक्ष कामदार बिदेसिने गरेको छ । प्राय विदेसिने नेपालीहरु २० वर्षदेखी ४४ वर्ष उमेर समूहका रहेका छन् ।
सामीको जिल्ला संयोजक अरुण पौडेलले दिएको जानकारी अनुसार सामी परियोजनाले स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारलाई आवश्यक तथ्याङ्क राख्न र नीति निर्माण गर्नसमेत सहज भएको छ । जनहित ग्रामिण सेवा समितिले पनि संचालन गरेको छ । सामी परियोजनाको लागि हेल्बेटास इन्टरनेशनलले आर्थिक सहयोग गर्दै आइरहेको छ ।
कार्यक्रम नेपाल पत्रकार महासंघको अध्यक्ष जीवनप्रसाद श्रेष्ठको अध्यक्षतामा जिल्लाका पत्रकारहरु र सामीको कर्मचारीहरुको उपस्थतीमा सम्पन्न भएको थियो ।