
चाैतारामा दुईदिने अभिमुखिकरण तालिम सम्पन्न

निर्मल बस्नेत
पुस १३, चौतारा (सिन्धुपाल्चाेक) । स्थानीय तहका प्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीहरुका लागि समावेशि तथा विपद् जोखिम न्यूनिकरण सम्वन्धि २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न सम्पन्न भएको छ ।
विपद्का सवै चरणहरु पूर्व तयारी, प्रतिकार्य, पुर्नलाभ र पुर्नस्थापना तथा पुनर्निर्माणमा अपाङ्गता भएका व्यक्तिहरु तथा संकटासन्नता समूहको समावेशिकरणको सुनिश्चितता गर्दै समावेशी विपद् जोखिम न्यूनिकरणलाई स्यानीय तहमा योजना तथा कार्यक्रम मूलप्रवाहिकरण गरि समुदायको उत्थानसिलता अविवृदि गर्ने मूल हेतुले ३१ सहभागिमध्ये ६ महिला र २५ पुरुष रहेका थिए । ती मध्ये ४ जना अपाङ्गता भएका व्यक्तिहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रम स्थानीय तहका कर्मचारी नगरको विषयगत विभागिय प्रमुख र पत्रकारहरुका लागि समावेशी विपद् जोखिम न्ुयुनिकरण सम्वन्धि अभिमुखिकरण कार्यक्रम ह्याण्डीक्याप इन्टरनेशनल र सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चको आयोजनामा चौतारा नगरको समन्वयमा चौतामा सम्पन्न भएको छ ।
सहभागिहरुलाई नीति निर्माणको तहमा मूल प्रवाहिकरण र प्रभावकारी कार्यन्वयनको लागि उक्त कार्यक्रमको आयोजना गरिएको सिडिइसिएफका कार्यक्रम संयोजक हरी तिमिल्सीनाले जानकारी दिए । नीतिगत व्यवस्था , विपद् व्यवस्थापन र जलवायु परिवर्तनको अनुकुलन अवधारणा, संकटासन्न व्यक्ति तथा समूहको सहभागिता, समावेशी विपद् जोखिम न्यूनिकरणमा स्थानीय तहमा भए गरेका क्रियाकलाप र आगामी योजनाको साथै सामाजिक संरक्षणको प्रावधानलाई समावेशी विपद् जोखिम न्यूनिकरणमा समाहित गर्ने वारे बृहत छलफल भएको कुरा जानकारी भएको छ ।
पौष १२ गते वाट २ दिन सम्म चलेको उक्त कार्यक्रम सोमबार सम्पन्न भएको हो । कार्यक्रमको समापनमा वोल्दै प्रमुख प्रशासकीय अधिकृत फडिन्द्र प्रसाद पौडेलले भने हामी सहयोगि संस्थाहरुसंग विपद्को कार्यक्रमहरुसंग हरपल हातेमालो गर्न तयार छौँ ।
२ दिनसम्म चलेको उक्त अभिमुखिकरण कार्यक्रममा प्रशिक्षकको भूमिकामा ह्यान्डीक्यात्टका महेन्द्र विक्रम शाह र कुस्माकर न्यौपानेले गरेका थिए ।
तालिममा सहभागि मध्येका एक चौतारा नगरपालिकाका विपद् व्यवस्थापन फोकल तथा रोजगार संयोजक चिरञ्जीवी कट्टेलले तालिम उत्साहपूर्वक रुपमा प्रभावकारी संचालन भएको वताए ।उक्त अभिमुखिरण कार्यक्रमको मध्ये भागमा विपद्को समयमा हुनसक्ने घट्नाहरुको प्रयोगात्मक चित्रण गरि उद्धार कार्य र प्राथममिक उपचार र जोखिम वर्गको ख्याल कसरी गर्ने भन्ने अवस्थाहरुको कार्य गरिएको थियो ।कार्यक्रमको समापन गदै चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष नरमान श्रेष्ठले भनेका थिए “सिकेको कुराहरु व्यवहारमा प्रभावकारी कार्यन्वयनमा जोड दियौँ भने विपद् जोखिम न्यूनिकरण गर्न सकिन्छ” ।