अपराध छिपाउनाले अपराध झन बढ्छ – घिघिरे

निर्मल बस्नेत ÷सेलाङ
हाल समाजमा अपराध लुकाउनाले अपराधको घट्नाहरु बढ्न र अपराधिक सोच र कार्यमा झनै टेवा पुगेको कुरा जिल्ला न्यायधिवक्ता निमा घिमिरेले उल्लेख गरेकी छिन् ।
जुगल गाउँपालिका महिला तथा वालवालिका शाखाले १ नं. वडा सेलाङ माध्यमिक विद्यालयमा आईतवार आयोजना गरेको वालविवाह न्यूनिकरण अभियान अन्तरगतको कार्यक्रम सुरु भएको हो । सुरुवाती क्षणको कार्यक्रमको प्रमुख अतिथि एवं प्रमुख प्रशिक्षक घिमिरेले यस्तो कुरा उल्लेख गरेकी हुन् । घिमिरेले कार्यक्रममा नेपालको कानुनी व्यवस्था र अधिकार क्षेत्रको विषयमा सरल र सवैले बुझ्ने भाषामा आफ्नो विषयवस्तु प्रस्तुत गरेकी थिइन् ।
सेलाङमा भएको कार्यक्रममा वालविवाह हुनुमा मूख्य दोसी अविभावक नै रहेको तर्क प्रस्तुत भएको थियो । आजभोली सामाजिक सञ्जाल र मोवाईलको प्रयोगले गर्दा अविभावकहरुले वालवालिका नियन्त्रण र प्रत्यक्ष निगरानीमा राख्न नसकेको कारण पनि वालविवाह बढ्न गएको स्थानीय विरबहादुर सिलवालको तर्क रहेको थियो ।
कार्यक्रमको अध्यक्ष एवं गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले अविभावकबिहिन वालिकाको लागि भत्ता, सेनिटरी प्याड फ्री र अन्य लोकप्रीय कार्यक्रमहरु लागु गर्ने वताईन् । उमेर नपुगी विवाह गर्नेहरुको संख्या उतार गरि आवश्यक कार्य गरेको वताईन् । उनले भनिन् हामीले कोरोनाको महामारीका कारण विभिन्न कार्यक्रमहरु विगतको वर्षमा गर्न सकिएन यस वर्ष अभियानकै रुपमा सञ्चालन गर्दै आएका छौँ ।
कार्यक्रमको सहजीकरण जुगल गाउँपालिका महिला तथा वालवालिका शाखा प्रमुख पूजा दाहालले गरेकी थिईन् ।
कार्यक्रममा वडाध्यक्ष कमल थापा, शिक्षा शाखाका अधिकृत साधुराम ढकाल, इलाका प्रहरी कार्यालय जलविरेको असई रामकृष्ण सिमखडा र आयोजनास्थल सेलाङमाविको विव्यस अध्यक्ष रविन्द्र सिलाल, प्रअ फिरोज सिलवालले वालविवाह न्यूनिकरणमा सवैको दायित्व रहेको विषय प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका वालवालिका, अविभावक, शिक्षक र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
यस कार्यक्रम कक्षा ६ देखि कक्षा १२ सम्मका वालवालिकाहरुको सहभागितामा कार्यक्रम सञ्चालन गरिने छ । वडा नं. १ वाट सुरु भएको उक्त कार्यक्रम पालिकाको सम्पूर्ण वडाहरुमा आयोजना गरिने उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिइन् ।