१२ देखि १७ बर्ष उमेर समूहलाई मोडर्ना खोप
निर्मल बस्नेत
पुष ७, चौतारा ( सिन्धुपाल्चोक) ।
आजबाट ३ दिन अर्थात पौष ७–९ गतेसम्म सिन्धुपाल्चोकको १२ देखि १७ बर्ष उमेर समूहलाई मोडर्ना खोप लगनईने भएको छ ।
स्वास्थ कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईले दिएको जानकारी अनुसार जिल्लाका सामुदायिक तथा नीजी माध्यमिक बिद्यालय सम्पुर्णमा खोपकेन्द्र रहनेछन् । खोपकेन्द्रमा कम्तिमा १ जना स्वास्थ्यकर्मी र आवश्यक स्वयमसेबक परिचालन भएका छन् ।
यो खोप कोभिड –१९ रोकथामको लागि अमेरीका र स्पेनले उत्पादन गरेको हो । यो खोप लगाउनको लागि २०६१ मंसीरदेखी २०६६ मंसीरसम्म जन्मिएकाहरुले मात्र पाउनेछन् । ३१ हजार खोप सिन्धुपाल्चोक आएकोमा २८ हजार ८ सय २५ लाई लगाउने लक्ष्य स्वास्थ कार्यलयको रहेको चापागाईंले जानकारी दिए ।