
बारले मनायो ६५ औँ स्थापना दिवश

निर्मल बस्नेत
पुष ७, चौतारा (सिन्धुपाल्चोक) । जिल्ला बार इकाई सिन्धुपाल्चोकले आज आफ्नो ६५ औं स्थपना दिवश विविध कार्यक्रम गरी मनाएको छ ।
कार्यालयको भवनमा साँझमा ६५ औँ स्थापना दिवशको अवसरमा ३ वटा मैनवत्ति बालेर मनाएको हो ।
जिल्ला न्यायाधीश चन्द्र प्रकाश तिवारीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । न्यायधिस तिवारीले निश्पक्ष र स्वतन्त्रता सहित न्यायको उपभोक्ताहरुको हितानुकुल लागि पर्न सिन्धुपाल्चोक बार इकाईलाई आग्रह गरेका छन् ।
त्यस्तै जिल्ला न्यायधिबक्ता निमा घिमिरेले राज्यमा दड्डहिनता अन्त्य गर्न बारलाई स्वतन्त्र र स्वस्थ्य पैरबी गर्न आग्रह गरिन । जिल्ला बारको पूर्व अक्ष्यक्ष रोहिनीराज जोशी र मकर बहादुर श्रेष्ठले कार्यक्रमा शुभकामना मन्तव्य प्रदान गरेका थिए ।
नेपालको हकमा ६५ औँ दिवश मनाईरहदा जिल्ला बार ईकाइ २०४७ सालमा स्थापना भएको कुरा जिल्ला बारका अध्यक्ष भुपेन्द्र बहादुर थिङ ले स्मरण गरे । मानव अधिकार ,कानुनी राज्य र न्यायको पहुँच ३ मन्त्र मात्रै भएको उनको ठम्याई छ । सोही मर्मको आत्मसाथ गर्न ३ वटा मैनबत्ती बालेर कार्यक्रम गरिएको उनले सुनाए ।
उनले थपे न्याय सम्पादनमा बारले जिल्ला अदालतलाई निरन्तर सहयोग गदै आएको बताए ।
कार्यक्रमको व्यवस्थापन तथा कार्यक्रम संयोजन भने जिल्ला बार इकाईका सचिव सशिनाथ आचार्यले गरेका थिए । उक्त कार्यक्रममा सिन्धुपाल्चोक जिल्लामा बहस पैरवी गर्ने कानुन व्यवसायीहरुको सहभागिता रहेको थियो ।