जलबिरे भ्याली क्याम्पसको ११ ओै स्थापना दिवस सम्पन्न

निर्मल बस्नेत
पुष ७, जलबिरे (सिन्धुपाल्चोक) । जिल्लाको बलेफी गाउँपालिकामा रहेको जलबिरे भ्याली क्याम्पसले आफ्नो ११ औं स्थपना दिवस सम्पन्न गरेको छ ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा.भिम प्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा विविध कार्यक्रम गरी क्याम्पस स्थापना दिवश सम्पन्न भएको हो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि सुवेधीले सम्वोधनको क्रममा जलविरेलाई शैक्षिक हवको रुपमा विकास गर्न आवश्यक रहेको औंल्याए । उक्त योजना पुरा गर्न आफू लागि पर्ने साथै आवश्यक सहयोग गर्ने बचन दिए ।

कार्यक्रम सिन्धुपाल्चोक जिल्लाका युवा नेता तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष माधव सापकोटा सुबोधको अध्यक्षतामा भएको हो ।
ब्रह्मायणी करिडोरको शैक्षिक क्षेत्रलाई नेतृत्व गर्ने क्याम्पस जलबिरे भ्याली क्याम्पस चिनिदै आएको छ ।

क्याम्पसका भावि योजनाहरूले क्याम्पस अझै उचाइमा पुर्याउने बताउदै उनले लक्ष्य आशा एवं अपेक्षा पुरा गर्न सवैको सहयोगको अ‍ेपेक्षा राखेका छन् । ती सम्पूर्ण योजनाहरू पूरा गर्न सबैले आ–आफ्नो तर्फबाट सकेको भुमिका निर्वाह गर्न सञ्चालक समितिका अध्यक्ष सापकोटाले आग्रह गरे ।