पत्रकार महासंघको पहलमा सिन्धु पुत्र श्रेष्ठलाई चौतारामा अभिनन्दन

पुष ५, चौतारा (सिन्धुपाल्चोक) । सामाजिक अभियान्ता एवम् सिन्धु पुत्र रामचन्द्र श्रेष्ठलाई चौतारामा अभिनन्दन गरिएको छ ।
नेपाल पत्रकार माहासंघ सिन्धु शाखाको पहलमा जिल्लाका एक दर्जन संघसंस्थाहरुले चौतारामा जन्मिएका श्रेष्ठलाई आईतबार सम्मान गरिएको हो ।

सामाजिक व्यक्तित्व रामचन्द्र श्रेष्ठलाई सम्मानपत्रले सम्मानित गर्दै मेयर अमानसिं तामाङ

श्रेष्ठ गत सेप्टेम्बर २४ मा अमेरीकाको कनेक्टिकट राज्यको ब्रानफोर्ड टाउन (नगर)को आरटिएममा (नगर सदस्य ) नियुक्त भएका थिए । अमेरिकाको इतिहासमा श्रेष्ठ उक्त हैसिएतमा पुग्ने नेपाली मूलका पाँचौ व्यक्ति भएको एक अध्यायनले देखाएको छ ।

आईतबार गरिएको अभिनन्दनमा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा , चौतारा साँगाचोकगढी नगरपालिका, ५ नम्बर वडा कार्यालय, दुखि प्रकाशन, शब्द सारथि, श्री कृष्ण रत्न गंगा माध्यामिक विद्यालय , मिस नेवा खेल, लायन्स क्लव अफ काठमाडौ सिन्धु चौतारा सिट ,जनहित ग्रमिण सेवा समिति, सर्वपक्ष दैनिक ,क्यान सिन्धुपाल्चोक, सिन्धु कला मन्दिर, नेपाल रेडक्रस सोसाईटी सिन्धुपाल्चोकले सयुक्त रुपमा कार्यक्रम आयोजना गरी श्रेष्ठलाई अभिनन्दन गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि रहेका नगरप्रमुख अमानसिं तामाङले कुनै व्यक्ति जुनसुकै कारणले सफल भएपनि असल हुन नसक्ने धारणा राख्दै सिन्धु पुत्र रामचन्द्र असल भएको टिप्पणी राखे । सोही क्रममा नगर प्रमुख तामाङले कनेक्टिकट राज्य र चौतारा साँगाचोकगढी नगरपालिका बिच भागिन सम्बन्ध कायम गर्न प्रस्ताव समेत गरे ।

त्यस्तै सामाजिक अभियान्ता श्रेष्ठको जिवनमा रहेर उहाँका गुरुहरु नगेन्द्र दंगाल, यज्ञ दंगाल, सिन्धु नेवा खलका अध्यक्ष माधवलाल कर्मचार्य, राजनैतिक ब्यक्तिहरु नरमान श्रेष्ठ, ईन्द्रलोचन धिताल र कृष्णराज श्रेष्ठ लगाएतले चर्चा गरेका थिए ।

श्रेष्ठले आफूलाई जन्म भूमिमा गरिएको अभिनन्दनले जन्मभूमि लागि थप केहि गर्नुपर्ने हौसला र प्रेरणा थपिएको भन्दै नेपालको नाम नाम सदैव उच्च राख्ने बताए । समाज परिवर्तनमा मितव्यविता निकै महत्वपूर्ण रहेको चर्चा गर्दै श्रेष्ठले नेपालमा सुशासन, समृद्वि तथा विकासमा सोही संस्कारको आवश्यक रहेको औंल्याए ।

सिन्धुपाल्चोक चौतारा घर भै हाल कनेक्टिकट राज्यको ब्रानफोर्ड नगरमा बस्दै आएका श्रेष्ठ सफल व्यवसायी पनि हुन् । १९९६ मा अमेरिका पुगेका श्रेष्ठ २० वर्ष देखि उक्त शहरमा चमेनागृहको व्यवसायमा संलग्न छन् ।

२४ वर्ष अगाडि अमेरिका पुगेका श्रेष्ठ सन् २०१२ मा कनेक्टिकटमै स्थापित नेपाली समुदायको नेपाली समाज अमेरिका (सोसाइटी अफ नेप्लिज इन अमेरिका) का दोश्रो कार्यकालका लागि समेत निर्बिरोध निर्वाचित अध्यक्ष हुन् । उनले उक्त संस्थामा सन् २०१७–२०१९ सम्म सफलता पूर्वक नेतृत्व प्रदान गरिसकेका छन् ।

श्रेष्ठले नेपालमा भूकम्प, बाढीपहिरो तथा कोराना माहामारीको अवस्थामा विभिन्न जिल्लामा पुगी सहयोग समेत पु¥याएका छन् ।
यसैबीच सामाजिक व्यक्तित्व श्रेष्ठले नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकका सहसचिव स्व.नानीराम नेपालको परिवारलाई २५ हजार नगद प्रदान गरिएको जिल्ला अध्यक्ष जीवन प्रसाद श्रेष्ठले जानकारी दिए ।
स्मरण रहोस पत्रकार महासंघले स्थापना गरेको कोभिड कोषमा श्रेष्ठले सबैभन्दा बढी ५० हजार नगद प्रदान गरेका थिए ।