सिमा विवाद अान्दाेलन झन चर्कदै, अरनिको राजमार्गमा चक्काजाम

निर्मल बस्नेत
पाैष १, बन्देउ ( सिन्धुपाल्चोक ) । सिन्धु-काभ्रे सिमा विवाद झन चर्कदै गएकाे छ । अान्दाेलनकारीले अाफ्नाे अान्दाेलनलाई चरणबद्ध रुपमा अगाडी बढाएका छन् । बिहिवार समाजसेवी तथा अधिबक्ता रोशनराज गिरीको अगुवाईमा अरनिकाे राजमार्ग अन्तर्गत बन्देउ सडक खण्डमा त्याहाँका स्थानीयले एक घन्टे चक्काजाम गरेका छन । उनीहरूले चक्का जाम पछि गरिएकाे पत्रकार सम्मेलनमा सिन्धुको भूमी काभ्रेले जवरजस्त हडपेकाे भन्दै थप अान्दाेलनलाई सशक्त बनाउने चेतावनी दिएका छन् ।
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.११ डुम्रे माझीटार र बन्देउटारको अनुमानित १ सय घरधुरीको नागरिकले आफुले भोगचलन गरेकको जग्गाको लालपूर्जा नपाउँदा राज्यले प्रदान गर्ने सेवा सुविधावाट बञ्चित भएकाे उनीहरूकाे गुनासाे छ । स्वर्गिय जनकराज गिरी प्रधानपञ्च हुँदा २०३३ माघ २८ गते राजपत्रमा र २०३८ सालमा सिन्धुकै भूमी भनि नापी भएकोमा काभ्रे जिल्लामा गोविन्द उप्रेती सांसद भएपछि आफूअनुकुल निर्णय गरि राज्यकको कर्मचारीलाई नै दवाब र प्रेसरमा मालपोत श्रेष्ता र नापीको लगतसमेत कब्जामा लिई काभ्रेमा पारेर गैरकानुनी कार्य गरेकोप्रति अधित्रक्ता रोजनराज गिरीले पत्रकार सम्मेलनमा बताए ।

अरनिकाे राजमार्ग अन्तर्गत बन्देउ सडक खण्डमा सिमा विवादलाई लिएर एक घण्टे चक्का जाममा उत्रेका स्थानीय( फाईल तस्बिर : अर्जुन शर्मा फेसबुक वालबाट)

गिरीले अाफूहरूले कानुनी उपचार तथा न्यायको लागि २०७७ साल पौष १८ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयवाट आफु मातहतको निकायलाई ९ पृष्ठको राय र आवश्यक निर्देशन भएपनि कुनै सुनुवाई नभएकाे जिकिर गरे । हालसम्म पनि भुम्लो गाउँपालिकाले जवरजस्ती नदी किनारामा डोजर प्रयोग गरि अरनिको राजमार्ग नै धरापमा पर्ने गरि सिन्धुको भूमिमा डाेजर चलाएको प्रति बन्देउटार र डुम्रेमाझीगाउँका स्थानीयले अाक्राेस पाेखे । ´हामी संगै बसोवास गर्ने कयौको परिवार सिन्धुको बासिन्दा हाै`, चौतारा साँगाचोकगढी ११ का तस्वीर माझीले भने, ´अब हामीलाई सरोकारवाला निकायवाट भनिदिनु पर्यो कुन जिल्लाको बासिन्दा हो ? ` । तस्बिर माझीका अनुसार त्याँहाका स्थानीयले अाफूहरूले प्रयोग गरेको भूमीको पूर्जा प्राप्त नगरेकाे भन्दै सिन्धुपाल्चोकका स्थानीय अधिकारी संग गुनासाे समेत पाेखेका थिए ।
´ हामी ५ भाई छौँ विबाहवारी र आ आफ्नै परिवार भईसक्यो हामी छुट्टा भिन्नु हुनको लागि सम्पतिको हक कसरी कायम गर्ने ?` अान्दाेलनमा सहभागी रने माझीले भने ।
पीडितहरुले अाफूहरूकाे माग सम्वोधनको लागि भन्दै बिहिबार गरिएकाे १ घन्टे चक्काजाममा प्रहरीले हस्तक्षेत गरेकाे अान्दाेलनकाे अगुवाई गरेका राेशन गिरीले जानकारी दिए ।
स्थानीकाे जायज मागलाई प्रहरीले हस्तक्षेप गरिएकाे भन्दै उनीहरू झनै आक्रोसित बनेर चर्का नारा लगाएका थिए । त्यसक्रममा केहिवेर सवारी आवागमनमासमेत अवराेध पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाेकले भने सिमा विवाद अान्दाेलनमा कुनै बल प्रयाेग नगरिएकाे बताएकाे छ ।