
चौतारा साँगाचोकगढी नगरपालिकाको अब आफ्नै नयाँ प्रशासनिक भवन

दिनेश दुलाल
मंसिर २७, चौतारा (सिन्धुपाल्चोक) । चौतारा साँगाचोकगढी नगरपालिकाले नयाँ प्रशासनिक भवन पाएको छ । प्रशासनिक भवनको सोमबार चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले उदघाटन गरेका हुन् ।
नव निर्मित भवनको सोमबार उदघाटन पछिको मन्तव्यलाई सम्बोधन गर्दै नगरपालिकाका मेयर तामाङले चौतारा साँगाचोकगढी नगरपालिका चौतर्फी विकासमा अग्रसर लिएको बताए । आफ्नो पाँचवर्षीय कार्यकाल निकै उपलब्धी रहेको दावी गर्दै मेयर तामाङले नगरभित्र सडक, खानेपानी, स्वास्थ्य, शिक्षा र जनताको आवास निर्माणमा उल्लेखनीय प्रगति गरेको उदघोष गरे ।
भौतिक विकासले मात्रै जनताको भावना र चाहना पुरा नभएको धारणा राख्दै मेयर तामाङले जनताका जनजिविकाका सबाल र सामाजिक उत्तरदायित्व समेत पुरा गरेको ठोकुरा गरे । ‘भौतिक विकास गरेर मात्र जनताको सपना र चाहाना पुरा हुन सक्दैन, जनतालाई जिविको पार्जनमा जोड्न सके मात्र नगर बलियो र सक्षम हुन्छ’, मेयर तामाङले भने ।
सोही मन्तव्यको क्रममा मेयर तामाङले आफ्नै पालामा गौराती भिमेश्वर जाने हजार सिंढि देखि बुद्वपार्क निर्माणको अन्तिम चरणमा रहेको बताउँदै ईर्खु डाँडो देखि गौराती डाँडो सम्म जिपलाईन राख्ने आफ्नो सपना रहेको बताए ।
कार्यक्रममा नगरपालकाकी उपमेयर जानुका पराजुलीले चौतारा साँगाचोकगढी नगरपालिका मानव सूचांक र सेवा प्रवाहको हिसाबले जिल्लाकै पहिलो रहेको दावी गरिन । नगरको १४ वटा मध्य १२ वटा वडामा कालेपत्रेको सुरुवात रहेको बताउँदै उपमेयर पराजुलीले १२ वटै वडाको आफ्नै भवन बनीसकेको बताईन ।
नगरपालिकाको नयाँ प्रशासनिक भवन ५ करोड ५५ लाखको लागत लागत स्टमेट रहेकोमा ४ करोड ७० लाखमा निर्माण सम्पन्न भएको हो ।
नगरपालिकाका अनुसार सोमबारबाट प्राविधिक शाखा बाहेक नगरका सबै शाखाहरु नयाँ प्रशासनिक भवनमा रहने छन् ।