एमाले सल्लाहकार परिषदको अध्यक्षमा अमृत बोहोरा

मंसिर २५, चौतारा । नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद अध्यक्षमा अमृतकुमार बोहोरा चयन भएका छन् ।
सिन्धुपाल्चोक जिल्लाका पिस्करका बोहोरा एमाले ईमान्दार नेताको रुपमा चिनिन्छन् । यसअघि अनुशासन आयोगका केन्द्रीय अध्यक्ष भएका सिन्धुपाल्चोकका चर्चित नेता लामो समय स्थायी कमिटि सदस्य भएका थिए ।

एमाले विधान अनुसार सल्लाहकार परिषदको अध्यक्ष पदेन स्थायी कमिटी सदस्य हुने व्यवस्था छ । पिस्कर काण्डमा चर्चित नेता नेकपा एमालेका पहिलो पुस्ताका नेता बोहोरालाई सल्लाहकारको अध्यक्ष बनाइएको सो पार्टीले जनाएको छ ।

बोहोराले केन्द्रीय कमिटी बैठकमै सपथग्रहण समेत गरेका छन् । उमेर हदका कारण कार्यकारी भूमिकाबाट यसैपाली बाहरिएका बोहोरालाई सल्लाहकार परिषदको अध्यक्ष बनाइएको पार्टी स्रोतले जनाएको छ ।