सभामुखको विशेष पहलमा जुगल हिमश्रृङ्खलाको आधार शिविरमा फलामे बाटो

मंसिर २५, पाङताङ (सिन्धुपाल्चोक) । सभामुख अग्निप्रसाद सापकोटाको बिशेष पहलमा पर्यटन बिभागबाट बिनियोजित रकमबाट जुगल हिमश्रृङ्खला क्षेत्रमा ’भिया फराता’ अर्थात फलामको बाटो निर्माण भएको छ ।
सभामुख सापकोटाको संसदकोषबाट चार करोड लागतमा नेपालमै पहिलो पटक साहसिक यात्रामा प्रयोग गर्ने ’भिया फराता’ निर्माण भएको हो ।

यसको नाम ’जुगल भिया फराता’ राखिएको छ । यो निर्माणसँगै जुगल हिमशृङ्खलाको आधार शिविर पुगेपछि जुगलका चुचुराहरु आरोहण गर्न सहज हुने छ ।

सोही शीर्षकको रकमबाट जुगल हिमश्रृङ्खलाको आधार शिविर प्रवेश क्षेत्र नेपेमासाल देखि बुम्बाशेर्बु सम्म तीन हजार सिंडि निर्माण हुदैछ । साथै जुगल माउन्टेन हट’ लगायतका जुगल हिमशृङ्खलाको आधार शिविर क्षेत्रमा पुग्न, बसोबास एवं अन्य सुविधाका लागि काम भइरहेको छ । क्षेत्रको पर्यटन बिकासका लागि पुर्वाधार निर्माणमा तिब्रता सोही शीर्षकको रकमबाट जुगल हिमश्रृङ्खलाको आधार शिविर प्रवेश क्षेत्र नेपेमासालदेखि बुम्बाशेर्बु सम्म तीन हजार सिंडि निर्माण भएको पर्यटन व्यवसायी मिलन तामाङले जानकारी दिए ।

जुगल हिमश्रृङ्खला क्षेत्रको फलामको बाटो निर्माण भएको ठाउँ पर्यटकहरु सोही फलामे बाटो प्रयोग गर्दै ( तस्बिर मिलन तामाङ)

साथै ‘जुगल माउन्टेन हट’ लगायतका जुगल हिमशृङ्खलाको आधार शिविर क्षेत्रमा पुग्न, बसोबास एवं अन्य सुविधाका लागि काम भइरहेको उनले बताए । काम ८० प्रतिशत सकिएकाले २० प्रतिशत काम केही महिनामै सम्पन्न हुने मिलनको भनाई छ ।

२०७५ चैतको अन्त्यमा सिन्धुपाल्चोक जुगल गाउँपालिका– ३ गुम्बाको जुगल हिमशृङ्खलामा पर्ने छ हजार १५१ मिटर उचाइको ग्याल्जेन चुचुरोको प्रथम पटक सफल आरोहण भएको थियो । जुगल हिमशृङ्खलामा ग्याल्जेन पिकसहित ११ वटा चुचुरा छन् । सबै चुचुरामा पुग्न नेपेमासाल हुँदै आधार शिविर पुग्नु पर्ने भएकोले सो क्षेत्रको पुर्वार्वाधार निर्माणमा सभामुख सापकोटाको विशेष चासो दिएका थिए

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको केन्द्र बलेफी बजारबाट ब्रम्हायणी करिडोरको बाटो हुँदै नौविसे, जलविरे, कात्तिके, पाँगर्पु, बोल्दे, गुम्बा, अम्बाखर्क, तेम्बाथान र अन्तिम बस्ती दिपु हुँदै नेपेमासाल पुग्न सकिन्छ । नेपेमासालबाट माथि जान हाल सिंडी निर्माण गरिएको हो । सो क्षेत्रबाट एक दिनमा जुगल हिमशृङ्खलाको आधार शिविर पुग्न सकिन्छ ।