
जनजाती आदिवासी पत्रकार माहासंघ सिन्धुपाल्चोकको अध्यक्षमा लालकाजी

मंसिर २५, चौतारा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सिन्धुपाल्चोकको तेस्रो अधिवेशनबाट लालकाजी चयन भएका छन् ।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको हलमा आज भएको अधिवेशनबाट तामाङको नेतृत्वमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ जिल्ला कार्यसमिति चयन भएको हो ।
अधिवेशनले उपाध्यक्ष कमला पार्खिन र सचिवमा दीपेन्द्र घले चयन भएका छन् । त्यसैगरी सहसचिव एवम् कोषाध्यक्षमा क्रमशः निर्मल माझी र राजेन्द्र रानामगर निर्वाचित भएका हुन् । त्यस्तै सदस्यहरुमा फुलमान तामाङ, कल्पना श्रेष्ठ, सुप्रिन्स कसजू, सिद्वि श्रेष्ठ, रविन दनुवार, सरोज तामाङ, आईते तामाङ रहेका छन्
।
अधिवेशनले केन्द्रीय प्रतिनिधिमा सुरेश कसजू, जीवन श्रेष्ठ, ङेम्लिङ लामा, केदार माझी चुनिएका छन् । यस्तै प्रदेश प्रतिनिधिमा हेमन प्रधान, अस्मि स्याङताङ, र सुमित्रा श्रेष्ठलाई चयन गरेको छ ।
नवनिर्वाचित लालकाजी पत्रकार माहासंघको कार्यसमिति सदस्य हुन भने कमला, र दिपेन्द्र घले शाखा सदस्य हुन् ।