चौतारा अस्पतालले सुरू गर्रयाे अक्सिजन प्लान्ट र पीसीआर परिक्षण
२४ मंसिर, चाैतारा (सिन्धुपाल्चाेक) । जिल्लाकाे पहिलाे अस्पताल चौतारा अस्पतालले अक्सिजन प्लान्ट र पीसीआर परिक्षण सञ्चालनमा ल्याएको छ । प्लान्ट सञ्चालनसँगै बिरामीको बेडमै पाइपलाइनबाट अक्सिजन पु¥याइएको हाे ।
प्लान्टले प्रतिघण्टा ८५–९० लिटरसम्म अक्सिजन उत्पादन गर्ने मेडिकल सुपरिटेन्डेन्ट डा. करुणा बज्राचाार्यले वताइन् । उनका अनुसार उत्पादित अक्सिजन पाइपलाइनबाट अस्पतालको कोभिड वार्ड, इर्मर्जेन्सी र अन्य वार्डमा रहेका बेडमा पु¥याइएको छ । अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट जडान भएपछि अक्सिजन लिनको लागि अन्यत्र जानुपर्ने छुटकारा मिलेको छ ।
त्यसैगरी चौतारा अस्पतालवाट कोरोना भाईरस(कोभिड १९)को पीसीआर परिक्षण सुरुभएको छ । बाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा पीसीआर परिक्षण प्रयोगशाला स्थापना भएसँगै सिन्धुपाल्चोमै कोरोना भाईरसको परिक्षण सुरु भएको हो ।
चौतारा अस्पतालमा पीसीआर मेसिन जडान गरि पीसीआर प्रयोगशाला ल्याब सञ्चालनमा ल्याईएको छ । विहिवार बागमती प्रादेशिक प्रयोगशाला धुलिखेलका निर्देशक नारायण कार्की सहित ३ जनाको प्राविधिक टोलीले पिसिआर मेसिन जडान गरेर नमुना परीक्षण गरेका थिए ।
प्रयोगशालामा १० जनाको स्वाब परीक्षण गर्दा परीक्षण सफल भएको निर्देशक कार्कीले जानकारी दिए । कोभिड १९ परीक्षण प्रयोगशाला सञ्चालनका लागि ५ जना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको चौतारा अस्पतालले जनाएको छ । यसअघि कोरोना आशंका गरिएका बिरामीको स्वाब धुलिखेल वा काठमाडौं पठाउनु पर्ने बाध्यता थियो । जिल्लामै पिसिआर मेसिन भएपछि अब पिसिआर परिक्षणका लागि स्वाव संकलन गरि बाहिर पठाउनु पर्ने बाध्यता हटेको छ ।