ऐतिहासिक त्रिपुरासुन्दरी मन्दिरबाट मूर्ति चोरी, अहिले सम्म तीन पटक चोरी

मंसिर २२
तौथली (सिन्धुपाल्चोेक) । सिन्धुपाल्चोक जिल्लाकै पुरानो तथा ऐतिहासिक त्रिपुरासुन्दरी माईको मुर्ति चोरी भएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिकाको तौथली बजारस्थित सयौ वर्ष पुरानो त्रिपुरासुन्दरी देवीको मन्दिरबाट गए राती मूर्ति चोरी भएको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार सयौ वर्ष पुरानो सुनको जलप प्रयोग गरीएको भगवतीको मूर्ति र कलशका साथै पुरानो विष्णूको दुईवटा कलात्मक मूर्ति समेत चोरी भएको छ ।

अध्यक्ष श्रेष्ठका अनुसार २०७२ सालको भूकम्पमा जीण बनको उक्त मन्दिरको पुरातत्व विभागको सहयोगमा करिब ६ करोड लगातमा पुननिर्माण भईरहेको थियो । पछिल्लो पटक मन्दिरको गजुर राख्ने काम भईरहेको उनले बताए । भुकम्प पछि अस्थाई टहरोमा मुर्ति राखी पुजा गरीदै आएको थियो ।

मंगलबार राती अपरिचित युवकहरु मोटरसाइकलमा मन्दिरमा प्रवेश गरेको स्थानीयहरूले बताएका छन् ।
मुर्ति चोरी गरेर फर्कदै गर्दा पेट्रोल सकिएपछि उनिहरुले एउटा मोटरसाईकल गाँउकै बाटोमा छोडेर भागेको अध्यक्ष श्रेष्ठको भनाई छ ।

उनका अनुसार अहिले सम्म २०३६, ०४५ र २०७८ गरी उक्त मन्दिरमा तीन पटक मूर्ति चोरीको हो ।
मन्दिरको ढोका खुला देखेको र हेर्दा मूर्ति कलश नरहेको स्थानीयहरूले पाएपछि प्रहरीलाई खवर गरेका थिए ।
मन्दिरमा के कति मूल्यका मुर्तिहरु चोरी भए त्यसको बिहार सम्म रिपोर्ट आईसक्ने उनले जानकारी दिए ।