
जनसाँस्कृतिक महासंघ, बाग्मती प्रदेशमा सिन्धुपाल्चोकबाट एकदर्जन प्रतिनिधित्व

मंसिर २१, चौतारा (सिन्धुपाल्चोक) । जनसाँस्कृतिक महासंघ नेपालको प्रथम सम्मेलनबाट सिन्धुपाल्चोकबाट एक दर्जन प्रतिनिधित्व भएको छ । मंसिर २० गते काठ्माण्डौमा सम्पन्न सम्मेलनमा यो जिल्लाबाटै मात्रै यति धेरै प्रतिनिधित्व भएको हो । माहांसंघ भित्रको विभिन्न आंगिक संघहरुमा सिन्धुपाल्चोकबाट एक दर्जन प्रतिनिधित्व भएको जिल्लाबाट माहासंघमा प्रतिनिधित्व गरेका निर्मल बस्नेतले जानकारी दिए ।
उनका अनुसार महासंघको सदस्यहरुमा निर्मल बस्नेत, सुरेशकुमार थामी, सुन्दर शिरिष, चन्द्र घले र रबिना नेपाली रहेका छन् । त्यसैगरी महासंघको आंगिक संघहरुमाजनकलाकार संघमा सचिव निर्मल बस्नेत, सदस्यहरु अमिस तामाङ, जय बहादुर तामाङ छन् । त्यसैगरि लेखक संघमा उपाध्यक्ष हेमन प्रधान र सदस्य अशोक दुलाल, ललितकलामा पासाङलाल तामाङ र सानु योञ्जन तथा चलचित्रकर्मी संघमा मनिषा गहतराज निर्वाचित भएका छन् ।
निर्वाचित हुनेहरुमा निर्मल बस्नेत, अमिष तामाङ र सुरेशकुमार थामी जनयुद्धकालिन कलाकार हुन । सुन्दर शिरीष प्रगतिशिल साहित्यकार हुन् । चन्द्र घले जनबादी तथा मात्रृभूमीको गीत गाएर चर्चा कमाएका गाएक हुन् । रबिना नेपाली नवप्रतिभा भएकी जनकलाकार हुन् । जयबहादुर तामाङ नवकलाकार तथा एरेन्जर हुन् । हेमन प्रधान सशक्त व्यङ्ग्य र चोटिलो प्रहार गर्ने प्रगतिबादी साहित्यकार हुन् । अशोक दुलाल नवप्रतिभावान आसलाग्दो साहित्यकार हुन् । पासाङलाल तामाङ र सानु योञ्जन थान्का तथा आकर्सक चित्रकार हुन् । र, त्यसैगरि मनिषा गहतराज चलचित्रकर्मी हुन् ।
वागमती प्रदेश संयोजक केशरबहादुर कालिकोटेको सभापतित्व, नेकपा माओवादी केन्द्र वाग्मती प्रदेशको इन्चार्ज हितमान शाक्यको प्रमुख आतित्यता र जनसाँस्कृतिक महासंघ नेपालको केन्द्रिय अध्यक्ष सरल सहयात्री पौडेलको बिशेष आतित्थ्यतामा उक्त कार्यक्रम रोज व्याङ्क्युट ललितपुरमा सम्पन्न भएको हो ।
सम्मेलनवाट जनुद्धकालिन कलाकार बिश्व दोङको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश समिति निर्वाचित गरेको छ । कार्यक्रममा जनवादी गीत, नृत्य, साहित्यिक प्रस्तुती प्रस्तुत भएको थियो ।