महिला हिंसा विरुद्ध १६ दिने अभियान अन्र्तगत यसरी गरियो सचेतनात्मक ¥याली तथा सांस्कृतिक कार्यक्रम


मंसिर १८, चौतारा (सिन्धुपाल्चोक) । महिला हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत शनिबार सिन्धुपाल्चोकमा सचेतनात्मक ¥याली र सांस्कृतिक कार्यक्रमको सम्पन्न गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकको आयोजनामा जिल्ला सदरमुकाम चौतारामा सचेतनात्क ¥याली तथा सांस्कृतिक कार्यक्रम गरिएको हो ।

राजनीतिक दलका प्रमुख प्रतिनिधि, सरकारी गैरसरकारी सङ्घसंस्थाका प्रमुख, प्रतिनिधि स्थानीय सरकारका प्रतिनिधि एवम् सर्वसाधारणको सहभागिता रहेको ¥यालीले चौतारा बजारको परिक्रमा गरेको थियो । ‘घरबाट सुरु गरौँ, महिला हिंसाको अन्त्य गरौँ’, ‘कुरा हैन काममा जुटौँ, महिला हिंसाको अन्त्य गरौं’ लगायतका नारासहित सुरु भएको ¥यालीपछि चौतारा टुँडिखेलमा सचेतनात्मक सांस्कृतिक कार्यक्रम गरिएको थियो ।

महिला हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत शनिबार सिन्धुपाल्चोकमा सचेतनात्मक ¥याली

साँस्कृतिक कार्यक्रममा कलाकार प्रतिमा आचार्य, प्रदीप रोक्का, सावित्री नेपाल, बलबहादुर वाइबा, दीपक आर्चाय र लेखनाथ आर्चायले सचेतनात्मक गीत सङ्गीत प्रस्तुत गरेका थिए ।

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सुरु भएको दिनबाट प्रहरीले जिल्लामा विभिन्न सचेतनात्मक कार्यक्रम गर्दै आएको छ । लैङ्गिक हिंसा विरुद्ध प्रभात फेरी, सरोकारवालाहरुबीच अन्तरक्रिया, समुदाय र विद्यालय स्तरमा प्रशिक्षण, लैङ्गिक हिंसा विरुद्धका भिडियो प्रदर्शनी लगायतका सचेतनात्क कार्यक्रम गर्दै आएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।