‘ भोटेकोशी गाउँपालिकामा स्वास्थ्य क्षेत्रलाई कायापलट नै गरेको छौं’

स्थानीय तहको निर्वाचन भएर स्थानीय सरकार बनेको करिब ५ वर्ष पुग्नै लागेको छ । आफू जनप्रतिनिधि भएसंगै उनीहरुले जनता समक्ष पाँचवर्ष भित्र आफ्ना पालिकाकाहरुलाई यस्तो बनाउँछु भनेर प्रतिवद्वता जनाएका थिए । आज पाँचवर्ष पुग्नै लाग्दा उनीहरुले जनताका बीचमा गरेका बाचा तथा कबुलहरु कति पुरा गरेका छन् भन्ने सन्दर्भमा सिन्धुज्वाला साप्ताहिकले सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहहरुमा जनप्रतिनिधिहरुको प्रतिक्रिया लिईरहेको छ । यसैसन्दर्भमा भोटेकोशी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलसंग सिन्धुज्वालाका सम्पादक दिनेश दुलालले लिएको कुराकानीको सम्पादित अंश–सम्पादक

राजकुमार पौडेल (अध्यक्ष)
भोटेकोशी गाउँपालिका, सिन्धुपाल्चोक

१) पाँचवर्षको अनुभवलाई यहाँले कसरी लिनु हुन्छ ?

मैले यो भोटेकोशी गाउँपालिकाको कुर्सि समाल्दै गर्दा हामीले घोषणा पत्र पनि निकालेका थियौं । भोटेकोशी गाउँपालिकालाई कृषि, पर्यटक, शिक्षा र स्वास्थ्य लगाएत जुन नारा लिएर उभिदै गर्दा त्यो कुरालाई हामीले मध्य विन्दु सम्म पु¥याई सकेका छौं । कृषि क्षेत्रलाई पनि स्थानीयहरुलाई विभिन्न चरणमा उहाँहरुलाई अनुदान दिएर प्रोत्साहन गर्ने कार्य ग¥र्यौ । त्यस्तै स्वास्थ्य क्षेत्रलाई भोटेकोशी गाउँपालिकाले जुन हिजो सरकारले स्वास्थ्य चौकीहरु चारवटा बनेको थियो । अहिले स्वास्थ्य चौकीहरु तथा स्वास्थ्य ईकाहरु गाउँपालिकाको अनुदान राखीकन ९ वटा स्वास्थ्य ईकाईहरु निर्माण गरेका छौं । नेपाल सरकारबाट गरेका १३ वटा स्वास्थ्य संस्थालाई प्रत्येक गाउँ गाउँमा हिमाली भू–भागबाट झर्नुपर्ने स्थानीय जनताहरुलाई एउटा सिटामोल नपाएर बस्नु पर्ने परस्थिति छ ।

यस्तो अवस्थामा उहाँहरुलाई विभिन्न रोगहरु लाग्दा २५ हजार अनुदान दिएका छौं । त्यसैगरी उहाँहरुलाई जटिल रोग लागेको जस्तै सुगर, प्रेसर, दमको रोगी तथा मुटुका रोगीहरुलाई नेपाल सरकारले दिएको भन्दा हाम्रो गाउँपालिकाले औषधी खरिद गरेर निशुल्क दिईरहेका छौं । त्यसैगरी हामीले शिक्षामा मन्टेश्वरी सञ्चालन गरेर अगाडी बढीरहेका छौं । भवनहरु पूर्ण रुपले क्षतविक्षत भएको अवस्था थियो । अहिले हामीले २९ वटा विद्यालय भवनहरु निर्माण सम्मपन्न गरी समुदायलाई हस्तान्तरण गरिसकेका छौं । जसमध्ये लिस्ती माईको उग्रचण्डी मावि हामीले बनाउन सकेका छैनौ । चाईना सरकारले बनाउने भनेर रोकिएको हो । त्यो पनि छिट्टै बन्ने छ किनकी सबै डिजाईनहरु तयार भई सकेका छन् ।

त्यसैगरी भोटेकोशी गाउँपालिकालाई पर्यटकीय मय बनाउने भनेर हामी लागेका थियौं । हामीले पर्यटकीय हिसाबले ऐतिहासिक दुगुनागढी र भैरवकुण्डलाई भोटेकोशी गाउँपालिकाको ड्रिम प्रोजेक्टको रुपमा अगाडी बढाएका छौं । त्यसैगरी ऐतिहासिक गु्म्बाहरु बन्ने क्रममा । लिस्तीमाई मन्दिर धार्मिक आस्थाको धरहरा रहेको छ । त्यसैगरी जयमान थापी नारायण काठमाडांैंमा भएको चार नारयण मध्येको एक नारानथान यसै गाउँपालिकामा रहेको छ । यसलाई हामीले पर्यटकीय रुपमा विकास गरेका छौं । त्यसैगरी देउढुङ्गा सम्म जाने गोरेटो बाटोको स्तर उन्नती गरेका छौं । त्यस्तै अहिले भरखरै मात्रमा हामीले पर्यटन वोर्डसम्म समन्वय गरीकन पैदल मार्ग ठूलो लागतमा बनाउँदै छौं ।

त्यसैगरी पशुपालनमा पनि गाउँपालिकाले वयर बोका देखि याक तथा चौंरी किनेर कृषकहरुलाई दिने बीमा निशुल्क गाउँपालिकाले गरिसकेको छ । त्यसैगरी भोटेकोशी गाउँपालिकाले तातोपानी नाकासंग जोडिएको डाईपोट सम्म त्याहाँ सम्पूर्ण कामदारहरु दुख गरेर बस्नुहुन्थ्यो उहाँहरुलाई गाउँपालिकाले व्यवस्था गरिकन गाउँपालिकाकै मातहातमा रहनेगरीकन हामीले मोटामोटी ५ सय देखि ६ सय सम्म मजदुरहरुलाई त्याहाँ पनि व्यवस्थापन गरका छौं ।

२) त्यस्तै गाउँपालिकाले गरेका अन्य अतिरिक्त कामहरु के के भएका छन् ?

भोटेकोशी गाउँपालिकाले गर्नुपर्ने धेरैवटा कुराहरु गरिसकेका छौं । हामीले यो बीचमा हामी आईसकेपछि धेरैवटा कामहरु भएको छ । किन भन्दा महिलाहरुलाई कसरी व्यवस्थापन गर्ने, उहाँहरुलाई सिलाई बनाई तालिम देखि लिएर बिउ पूँजीको लागि पनि गाउँपालिकाले बजेट छुट्याईकन उहाँहरुलाई आत्म निर्भर बनाउन पर्छ भन्ने हिसाबले हामी गाउँपालिका लागि रहेका छौं । र सिंगो गाउँपालिका टिम त्यसमा लागि रहेको छ । म रातदिन खटिरहँदा खेरी भोटेकोशी गाउँपालिकाले के ग¥यो, जनताले के पाय भनेर जनतासंग सोध्दै गर्दा र म हिजो यहाँ आउँदै गर्दा जनताको कामहरुलाई एकदमै चुस्त दुरुस्त बनाएका छौं ।

त्यसैगरी हामीले होमस्टेहरुलाई अगाडि बडाएका छौ । अहिले नै यहाँहरुले हेर्न सक्नु हुनेछ । अरनिको कोसेली घर भनेर हामीले त्याङथली राउत बस्तीहरुमा होम स्टे सञ्चालन गरेका छौं । बाटो घाटोको पनि व्यवस्था गरेका छौं । आन्तरिक र वाह्य पर्यटकको निमित्त हामीले पुननिर्माण प्राधिकरणसंगको सहकार्यमा हामीले त्यो पुरा गर्ने सोचेका छौं । त्यसैगरी त्याङथली भन्दा केही मुनी तामाङ समुदायलाई समेटेर एकीकृत बस्ती निर्माण गरेका छौं । त्यसैगरी हामीले नेवार बस्ती बनाएका छौं लिस्ती भन्दा केही माथि ।

त्यस्तै दुगुना स्थित द्वारिका फाउण्डेसनले हिजो भूकम्पमा भत्किएको घरहरुलाई एकसय हाराहारीमा घरहरु थियो । नेपाल सरकारको अनुदान लिईसकेपछि हामीले नब्बेवटा घरहरु यहि दशैंमा उहाँहरुलाई चावी हस्तान्तरण काम भोटेकोशी गाउँपालिकाले गरेको छ । सम्पूर्ण लगानी कर्ताहरुको साथ सहयोग र समन्वयमा त्याहाँका जनता, स्थानीय बुद्विजिवि र अगुवाईमा त्यो काम गर्न सफल भयौ । यसरी विभिन्न चरणमा हामीले कामहरु गरिरहेका छौं । अहिले पनि मेरो पहिलो प्राथमिकता भनेको शिक्षा, स्वास्थ्य र भोटेकोशी गाउँपालिकालाई पर्यटकीयमय कसरी बनाउने भन्ने हिसाबले यसमा म निरन्तर लागिरहेको छु ।

३) धेरै कुरा यहाँले विस्तृतमा राखिसक्नु भएको छ । यो पाँच वर्षको बीचमा थुप्रै काम गर्नु भएको होला तर ति मध्ये असाध्यै जनताको बीचमा देखिने गरी ठ्याक्कै गरेको काम चाँही बताईदिनुहोस न ।

मलाई लाग्छ, म भोटेकोशी गाउँपालिकामा निर्वाचित भएर आईसकेपछि स्वास्थ्य क्षेत्रलाई भोटेकोशी गाउँपालिकामा कायापलट नै गरेको छु । किनकी माथिल्लो भुगोलमा सिटामोल किन्नलाई बाह्रबिसे र धुलिखेल पुग्नु पर्ने परिस्थितिलाई त्यो कुरालाई अहिले मैले गाउँ टोलमा पायक पर्ने स्थानमा स्वास्थ्य ईकाईहरु बनाएका छौं त्यो कुराले चाँही म एकदमै खुशी पनि छु । त्यो चाँही प्रत्यक्ष जनताले पाउने सेवा आशा गर्ने र उहाँहरुलाई परेको समस्यालाई चाँही तत्कालै समाधान गर्ने काम चाँही मैले गरेको छु जस्तो लागेको छ ।

४) स्वास्थ्य क्षेत्रमा कायापलट गरेको यहाँले उल्लेख गर्नुभयो तर यहाँको कामलाई जनताले कसरी मूल्याङ्कन गरेको पाउनु भएको छ ?

विशेष गरेर मैले भोटेकोशी गाउँपालिकामा समग्र रुपमा गरेको कामहरुमा यहाँहरुले गएर जनमासमा पनि सोध्न सक्नु हुनेछ । किन भन्दा भोटेकोशी गाउँपालिकामा राजकुमार पौडेल आई सकेपछि के चाँही परिवर्तन पाउनु भयो ? राजकुमार पौडेलले के काम ग¥यो ? त्यो कुरा यहाँहरुले मसंग भन्दा पनि यहाँका स्थानीय जनताहरुलाई सोध्न सक्नुहुन्छ । राजकुमार पौडेलले कति काम ग¥यो के गरेन । कतिसम्म गर्न सक्छ । उ कति चलायमान छ । उसले गर्न सक्ने हो होईन ।
हिजोको दिन के थियो आजको दिन के भयो ? मैले भन्ने कुरा त छँदैछ । मैले गरेको कुराहरु त म छर्लङ्गै राखिहाल्छु । तर स्थानीय जनतासंग तपाईहरुले सोध्दा खेरी त्याहाँबाट वास्तविक कुरा पाउन सक्नु हुन्छ । त्यसको लागि म ढुक्क छु किनभने मैले गरेको कामलाई राम्रो छ भने प्रशंसा गर्नुहुनेछ । नराम्रो मैले गरेको छु भने यसले काम राम्रो गरेको छैन भनेर जनताले आलोचना गर्नुहुनेछ ।

५) यहाँले आज भन्दा ठिक पाँच वर्ष अघि अर्थात यहाँ निर्वाचित भएर आएसंगै हामी संग एउटा कुरा भन्नु भएको छ–‘वेरोजगारी युवाहरुलाई रोजगारी दिलाउनेछु भनेर बोलेको कुरा के साँच्चै अहिले पुरा गर्नुभयो त ?

विशेष गरेर हामीले युवा लक्षित कार्यक्रमहरु ल्यायौं । जस्तोकी युवाहरुलाई कृषि, पर्यटन, पशुपालन लगाएतका कामहरुमा सरिक गराएका छौं । त्यसैगरी तातोपानी भन्सार कार्यालयमा आवद्व गराईकन केही युवाहरुलाई रोजगारमा लगाएका छौं । कति युवाहरुलाई हामीले रोजगारमुलक कार्यक्रम ल्याएर उहाँहरुलाई आफूमा आत्म निर्भर बनाउने काम गरेका छौं । तातोपानी नाका पूर्ण रुपले नखुल्दा केही युवाहरु व्यरोजगार पनि थिए । तर जति युवाहरु जोश र जाँगर लिएर आउनु भएको छ उहाँहरुको निमित्त हामीले तातोपानी भन्सारमा पनि कतिपय युवाहरुलाई रोजगार दियौं । त्यसैगरी पशु, कृषि संग आवद्व गराईकन उहाँहरुलाई युवालक्षित कार्यक्रम मार्फत उहाँहरुलाई रोजगार दिने काम गाउँपालिकाले गरेको छ ।

६) यो क्षेत्रको मुख्य आयस्रोत भनेकै तातोपानी व्यापार हो । तर पटक पटक तातोपानी नाका बन्द भईरहेको छ । यस्तो अवस्थामा यहाँका जनतालाई विकल्पको रुपमा यहाँहरुले के सोच्नु भएको छ ?

विशेष गरेर भोटेकोशी गाउँपालिका तातोपानी नाकासंग आश्रित भएर बसेको गाउँपालिका पनि हो यहाँको स्थानीय जनता तातोपानी नाकासंग आत्मनिर्भर हुनुको निमित्त तातोपानी नाका स्वरोजगार हुन उहाँहरुले आफैंले गाडी किन्ने र ड्राईभर बन्ने र आफ्नो घरपरिवार पाल्ने काम उहाँहरुले गर्नुभएको थियो । तर भूकम्प पछि त्यो परिस्थिति आएन किनकी तातोपानी नाका पूर्ण रुपले बन्द भयो ।

त्याहाँ देखी पछि उहाँहरुलाई के ग¥यौं भन्दा खेरी स्थानीय जनताहरुलाई पर्यटकमा जोड्नु पर्छ । अब होम स्टेहरु विभिन्न ठाउँमा सञ्चालन गर्न लाउन पर्छ र उहाँहरुलाई कृषिमा आवद्व गराउन पर्छ । उहाँहरुलाई अनुदान देखि लिएर सबै कुराहरु दिनुपर्छ । उहाँहरुलाई पशुपालनमा लाउनु पर्छ । आफू आत्मनिर्भर बनाउन र परिवार पाल्न र बालबच्चा पढाउनको निमित्त हामीले अनुदानको व्यवस्था गरीकन आयोस्रोत मुलक कामहरुमा युवाहरुलाई लगाउन पर्छ भनेर भोटेकोशी गाउँपालिका अगाडि बढ्यो । त्यहि अनुसारले नै हामीले उहाँहरुलाई लक्षित गरिकन युवा वेरोजगार कार्यक्रम अनुसार उहाँहरुलाई आवद्व गर्दै अगाडी बडेका छौं ।
जतिपनि उहाँहरुले काम गर्नुभएको थियो ।

त्यस्तै नाका खुल्दा खेरी सामानहरु आवातजावत हुन्थ्यो । यहाँ १३÷१४ सय वटा ट्रकहरु चल्थ्यो । चालक सहचालकहरु आज विदेश पलायन हुन पर्ने परिस्थिति भएको छ । तातोपानी नाका नखुल्दा गाउँपालिकाले सबैलाई रोजगारी दिन सक्ने परिस्थिति पनि छैन । तैपनि हामीले रोजगारको निमित्त पर्यटकीय, कृषि, पशुपालन लगायतमा उहाँहरुलाई आवद्व गराएर बढेका छौं ।

७) जाँदा जाँदै यहाँलाई पाँचवर्षको बीचमा यो महत्वपूर्ण काम गर्न चाँही अधुरै रह्यो भन्ने कुनै त्यस्तो छ ?

हामी जनप्रतिनिधि भएको अहिले पाँचपर्ष हुनै लाग्यो । हामीले गरेको कामहरुमा हामी सन्तुष्ट छौं । किननी भने हामीले पर्यटकीय हिसाबले धेरैवटा कामहरु गरेका छौं । कृषि पशुपालन लगाएतका कामहरु पनि हामीले एउटा बिन्दुसम्म पु¥याउने कामहरु गरेका छौं । त्यसैगरी हामीले पर्यटकीय ठाउँहरुको पहिचान गर्ने, हामी जनप्रतिनिधिहरु लाग्ने र जनतालाई त्यसमा लगाउने । हामीले विभिन्न कामहरु गरेका छौं त्यो त जनताले नै पहिचान गर्ने कुरा हो । हामी जनप्रतिनिधिहरुलाई सबै कामहरु गरेको जस्तो लाग्छ । तर जनताले राम्रो र नराम्रो पहिचान गर्ने कुरा जनताले नै हो । उहाँहरुकै मुखबाट तपाईहरुले सुन्न सक्नुुहुनेछ ।

जाहाँ सम्म लाग्छ हामीले जति पनि कामहरु गरेका छौं त्यो चुस्त, दुरुस्त र पारदर्शीता हिसाबले हामीले काम गरेका छौं । जुन कुराहरु मैले जनताको बीचमा छाप छोडेको छु , त्यसको प्रतिक्रिया जनताले नै दिनेछन् । त्यसमा ढुक्क छु मैले जे काम गरेको छु राम्रो गरेको छु ।

८) अन्त्यमा छुटेको विषय बस्तु केही छन जस्तो लाग्छ ?

विशेष गरेर भोटेकोशी गाउँपालिकामा पाँचवर्षमा जनप्रतिनिधि भएर गरेको कामहरुमा स्थानीय जनताहरु प्रत्यक्ष उहाँहरुले सरोकार राखेर जनप्रतिनिधिले कतिसम्म काम ग¥यो उहाँहरुको दायित्व पनि हो । आज सिन्धुज्वालाले भोटेकोशी गाउँपालिकामा भएका समग्र विकासको काम देखि अब देखि गर्नुपर्ने कामहरु उठान गर्न दिनुभयो यहाँलाई धन्यवाद । सम्पूर्ण भोटेकोशी गाउँपालिकाका जनताहरु आफू पनि जागरुप हौं । जनप्रतिनिधिहरुलाई नै झस्काऔं । जनताको गर्नुपर्ने कामहरुमा हामी सबै तयार छौ । धन्यवाद ।