सिन्धुपाल्चोकमा माओवादी केन्द्रको ११पालिकाको अधिवेशन सम्पन्न, ५७० निर्वाचित (पालिका अध्यक्ष को को भए ? नामसहित)

दिनेश दुलाल
मंसिर १२, चौतारा (सिन्धुपाल्चोक) । माओवादी केन्द्र सिन्धुपाल्चोकको जिल्लाका १० पालिकाको पालिका अधिवेशन सम्पन्न गरेको छ ।
जिल्लामा १२ स्थानीय तहमध्ये माओवादी केन्द्रले शनिबार ११ पालिकाको अधिवेशन सम्पन्न गरको हो । उक्त अधिवेशनलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल’ सम्बोधन गरेका थिए ।

चौतारा साँगाचोकगढी नगर अधिवेशनबाट निर्वाचित नगर कमिटिका सदस्यहरु

सिन्धुपाल्चोकका दुई नगरपालिका र ९ गाउँपालिका सहित ११ पालिकाको अधिवेशनमा ५ सय ७० निर्वाचित भएका छन् । नगरपालिकामा ६५ र पालिकामा ५५ निर्वाचित हुने प्रावधान अनुसार सिन्धुपाल्चोकमा पालिका कमिटि भित्र ६ सय २५ जना निर्वाचित हुनेछन् । भोटेकोशी र त्रिपुरासुन्दरी गाउँपालिकाको भने बाँकी रहेकोमा त्रिपुराकाे पनि अाईतबार सकिएकाे माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक गोविन्द पराजुली ‘अविनाश’ ले जानकारी दिए ।

उनका अनुसार ११ वटै पालिकाहरुमा सर्वसहमत नेतृत्व सहित कमिटि चयन भएको हो । जस अनुसार हेलम्बु गाउँपालिकामा पेम्वा ह्योल्मो, मेलम्ची नगरपालिकमामा गोपाल नेपाल, पाँचपोखरी थाङपाल गाउँपालिकामा दोर्जे तामाङ, जुगल गाउँपालिकामा रेशम स्याङबो, बलेफी गाउँपालिकामा गंगाबहादुर तामाङ, सुनकाशी गाउँपालिकामा अमर लामा, लिसंखुपाखर गाउँपालिकामा राजु लामा, बाह्रबिसे नगरपालिकामा सोनाम शेर्पा र त्रिपुरामा बिर्ख बहादुर श्रेष्ठ भएका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका र ईन्द्रावतीमा भने कमिट फर्मेशन मात्रै बनाईएको तर नेतृत्व चयन हुन बाँकी रहेको जिल्ला संयोजक पराजुलीले जानकारी दिए ।

मेलम्ची नगर अधिवेशनको उदघाटन गर्दै पूर्व सामाजिक मन्त्री युवराज दुलाल

संयोजक पराजुलीका अनुसार पालिका सम्मेलन सकिएसंगै मङ्सिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गरिएको छ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरिएको छ ।

पार्टी सङ्गठनलाई एउटा निश्चित विधि र पद्धतिअनुसार अगाडि बढाउने उद्देश्यले पार्टी संरचनाभित्रै आन्तरिक निर्वाचनलाई पनि स्वीकार गरिएको छ । सोहीअनुसार यही मङ्सिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्वसमेत चयन भइसकेको छ ।

त्यस्तै वडा सम्मेलनमा निर्वाचित भएका प्रतिनिधिले विधानमा भएको व्यवस्थाअनुसार ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुश्लिमको प्रतिनिधित्व सुनिश्चित हुनेगरी नेतृत्व चयन भएको सो पार्टीले जनाएको छ ।

वडाबाट निर्वाचित भएका प्रतिनिधिका आधारमा गाउँपालिकामा १५० जनाका दरले सहभागी भएका थिए । यस्तै नगरमा २००, उपमहानगरमा ३०० सय र महानगरमा ४०० प्रतिनिधिको उपस्थितीमा अधिवेशन हुने माओवादी केन्द्रले जनाएको छ । यसैबीच माअाेवादी केन्द्र सिन्धुपाल्चाेकले सर्वसहमत रूपमा सबै पालिकाहरूमा अधिवेशन सम्पन्न भएकाेमा धन्यवाद दिएकाे छ । जिल्ला समन्वय समितिका संयाेजक गाेविन्द पराजुलीद्वारा अाईतबार जारी गरिएकाे प्रेस वक्तव्यमा भनिएकाे छ -´नेपाल कम्युनिस्ट पार्टी माअाेवादी केन्द्र सिन्धुपाल्चोकमा समस्त संगठित सदस्यहरूकाे माझमा सबै स्थानीय तहहरूकाे सम्मेलन उत्साह जनक वातावरणमा सम्पन्न भएका छन् । सबै निर्वाचित पदाधिकारी र सदस्यहरूकाे सफल कार्यकालकाे शुभकामना सहित हार्दिक बधाई ज्ञापन गर्दछाै ।