
ईटकाे जवाफ पत्थरले दिन तयार हाै – प्रचण्ड

मंसिर ११, चाैतारा ( सिन्धुपाल्चोक) । नेकपा (माअाेवादी केन्द्र) का अध्यक्ष प्रचण्डले ईटाकाे जवाफ पथ्थरले दिन अाफ्नाे पार्टीका कार्यकर्ताहरूलाई तयार हुन निर्शेन दिएका छन् ।
माओवादी केन्द्रको पालिका अधिवेशनलाई प्रचण्डले भर्चुअल माध्यामबाट सम्बाेधन गर्ने क्रममा उक्त कुरा बताएका हुन् ।
विघठनकारीहरूकाे षड्यन्त्रलाई चिदै नयाँ एकता र क्रान्तिकारी पुन्रगठनकाे अभियानमा पार्टी रहेकाे बताउँदै अध्यक्ष प्रचण्डले अागमी निर्वाचनमा माअाेवादी पार्टी केन्द्र देशकै सबैभन्दा ठूलाे पार्टी हुने उदघाेष गरेका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७७ वटै िजल्लाका पालिका सम्मेलनलाई ‘भर्चुअल’सम्बोधन गरेका थिए । आज सुरु भएको ७५३ वटा स्थानीय तहको अधिवेशन भईरहेकाे छ ।
माओवादीको केन्द्रीय निर्वाचन आयोगका अनुसार शनिबारको सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गर्ने छ। मङ्सिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गरिएको छ।
माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिकास्तरीय सम्मेलन आयोजना गरेको हो।
माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरेकाे छ ।