
भर्खरै दुखद दुर्घटना, गाडीको ठक्करले एकजनाको मृत्यु, एक घाईते

मंसिर ४, बलेफी (सिन्धुपाल्चोक) । अरनिको राजमार्गमा भरखर दुखद् दुर्घटना भएको छ । विपरित दिशाबाट आएको ट्रकले एक मोटरसाईकललाई ठक्कर दिंदा मोटर साईकलमा सबार बाह्रबिसेका एकबहादुर श्रेष्ठको घटनास्थलमै ज्यान गएको छ भने सोही मोटर साईकलमा सबार आशिस श्रेष्ठ सक्त घाईते भएका छन ।
घटना बिहान ८ बजे भएको प्रत्यक्षदर्शी दुर्गा श्रेष्ठले जानकारी दिए । उनका अनुसार काठमाडौंबाट बाह्रबिसे तर्फ जाँदै गरेको बा ५ ख ४२८२ नम्बरको आईचरले काठमामडौं तर्फ जाँदै गरेको बा ०३१ प ०५८४ नम्बरको मोटर साईकललाई ठक्कर दिंदा उक्त दुर्घटना भएको हो । घाईतेलाई बलेरोमा उपचारको लागि पठाईएको घटना स्थलमा तत्काल पुगेका माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा ‘सुवोध’ ले जानकारी दिए । प्रहरीका अनुसार मृतकको शव समेत धुलिखेल लगिएको छ ।
घटना पश्चात ठक्कर दिने आईचर भ्यान नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिए । घटना बलेफी र सुकुटे बीचको चिहाने भन्ने ठाउँमा भएको हो ।