पत्रकार महासंघ सिन्धुशाखाका सहसचिव नेपालको निधन, आज गरियो अन्तेष्टी
मंसिर ३, खाडीचौर (सिन्धुपाल्चोक) । नेपाल पत्रकार महासंघ सिन्धु शाखाका सहसचिव नानीराम नेपालको निधन भएको छ ।
हृदयघातका कारण धुलिखेल अस्पतालमा उपचारका क्रममा हिजो साँझ निधन भएका पत्रकार नेपालको आज आफ्नै गाउँ बिञ्जेल बेसी कोठेमा अन्तेष्टी गरिएको हो ।
बलेफी गाउँपालिका बिञ्जेलका ३१ वर्षीय नेपाल बिगत डेड वर्ष देखि पत्रकार क्षेत्रमा क्रियासिल थिए । सिन्धुज्वाला, सिन्धुप्रवाह लगाएत जिल्लाका आधा दर्जन पत्रिकामा काम गरेका नेपालले पछिल्लोपटक अरनिको न्युज डटकमका सम्पादक तथा नेपाल समाचारपत्र राष्ट्रिय दैनिक पत्रिकामा सिन्धुपाल्चोक सम्वाददाताको रुपमा काम गरेका थिए ।
पत्रकार नेपालका परिवारले जानकारी दिए अनुसार शुक्रबार दिउसो १ बजे खाडीचौरमा स्वास्थ्यमा समस्या देखिएपछि सदबहार अस्पताल खाडीचौरमा उनलाई उपचारको लागि लगिएको थियो । तर त्याहाँ उपचार सम्भव नभएपछि तत्काल धुलिखेल अस्पतालमा पु¥याईएको थियो ।
पाँचखाल पुग्दा नपुग्दै अचेत बनेका नेपालको धुलिखेल अस्पतालमा पु¥याईए पनि एकघण्टा पछि अस्पतालले मृत घोषणा गरेको थियो ।
कलिलै उमेर निधन भएका नेपालको श्रीमति, एक छोरा, एकछोरी र बुबा–आमा छन् ।
अन्तेष्टीमा प्रदेश सांसद सरेश नेपाल, माओवादी केन्द्रका नेता माधव सापकोटा, जनप्रतिनिधि लगाएत सयौंको संख्यामा स्थानीय जनताको सहभागिता रहेको थियो । नेपालको पार्थिव शरिरमा सांसद नेपालले नेपाल कम्युनिष्ट पार्टीको झण्डा तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोक अध्यक्ष जीवन प्रसाद श्रेष्ठले पत्रकार महासंघको झण्डा ओडाएका थिए ।