
हिरासतमा रहस्यमय मृत्यु भएका खड्गबहादुरको परिवारलाई नगर प्रमुख शेर्पाद्वारा आर्थिक सहयोग प्रदान

कार्तिक ३०, बाह्रबिसे (सिन्धुपाल्चोक ) । बाह्रबिसे प्रहरी हिरासतमा रहस्यमय तरिकाले मृत्यु भएका खड्गबहादुर तामाङको परिवारलाई बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले आर्थिक सहयोग प्रदान गरेका छन् ।
बाह्रबिसे नगरपालिका वडा नं ७ निवासी खड्ग बहादुर तामाङको साउन २२ गते ईलाका प्रहरी कार्यालय हिरासतमा रहेको अवस्थामा धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
मृतकको परिवारिक आर्थिक अवस्था कमजोर रहेको र घरपरिवारमा कसैको पनि आयश्रोत र रोजगारीको अवसर नभएपछि नगर प्रमुख शेर्पाले आर्थिक सहयो प्रदान गरिएको बताए । कुनै पनि निकायबाट क्षतिपूर्ति र आर्थिक सहयोगको व्यवस्थापन नभएपछि स्थानीय सरकार नगरपालिकाको दायित्व अनुरूप मृतक परिवारलाई आर्थिक सहयोग स्वरूप दुई लाख सहयोग गरिएको जानकारी दिए । आगमी दिनमा मृतकका परिवारको संरक्षण र थप व्यवस्थापन गर्ने नगर प्रमुख शेर्पाले प्रतिबद्धता जनाए ।
स्मरण रहोस चार महिना अघि प्रहरी हिरासतमा रहस्यमय तरिकाले मृत्यु भएका खड्कबहादुरको मृत्युको कारणबारे सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानविन समिति बनाएपनि उक्त समितिले प्रतिवेदन समेत पेश गरेको छैन् । समयमै छानविनको प्रतिदेन पेश नहुँदा मृतकका परिवारले न्याय पाउन सकेका छैनन् ।