
सुनचाँदी व्यवसायी संघको तिलरी बनाउने तालिम

कार्तिक २९, चौतारा (सिन्धुपाल्चोक) । सुनचाँदी व्यवसायी संघ सिन्धुपाल्चोकले तिलरी बनाउने तालिम सुरुवात गरेको छ ।
सुनचाँही व्यवसायी संघको आफ्नै भनमा सोमबारबाट सुरुवात गरिएको १० दिने तालिमको चौतारा साँधगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले उदघाटन गरेका हुन् ।
कार्यक्रमको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि रहेका मेयर तामाङले नगरको प्रत्येक युवाहरुलाई रोजगारी बनाउने योजना अन्र्तगत तिलरी बनाउने तालिमको लागि रकम छुट्याएको बताए ।
आफ्नै समाज, संस्कृति र मौलिकता झल्कने तिलहरी तालिम आयोजना गर्ने सुनचाँदी व्यवसायी संघलाई धन्यवाद समेत दिए । कार्यक्रमका विशेष अतिथि सुनचाँदी व्यवसायी माहासंघका केन्द्रीय सचिवालय सदस्य रविन शाक्यले देशभर युवाहरुलाई वेरोजगार युवहरुलाई सुनचाँदी व्यवसाय माध्यमबाट व्यवसायीकरण गरिने बताए ।
कार्यक्रमका वडा अध्यक्ष नरमान श्रेष्ठ, उद्योगवाणिज्य संघ कृषि उद्यमको केन्द्रीय सदस्य श्यामकृष्ण श्रेष्ठ लगाएतले आफ्नो धारणा राखेका थिए । १२ जना सहभागी उक्त १० दिने तालिम भरखर सिक्दै गरेका व्यवसायीहरूलाई दक्ष बनाउने हिसाबले तालिम सुरुवात गरिएको सुनचाँदी व्यवसायी संघ सिन्धुपाल्चोकका अध्यक्ष सुब्बा सुनारले जानकारी दिए ।
तिलरीको तालिम मौलिक खालको तालिम भएको उनले सुनाए । यसअघि सुनचाँदी बनाउने बंगाली मात्र ज्यादा हुने गरेकोमा गरिएकोमा अब स्थानीय युवाहरुले बनाउन सकिने गरि तालिम दिएको उनको कथन छ । तालिम पछि प्रत्येक युवाले रोजगारी पाउने र न्युनतम २० देखि २५ हजार सम्म कमाई हुने उनको दावी छ ।
नेपालीहरूको पहिचान भनेको तिलहरी भएको हुनाले यस्तो खालको तालिम आयोजना गरिएको उनले सुनाए ।
उनका अनुसार दलित लक्षित कार्यक्रम अन्तर्गत चौतारा साँगाचोकगढी नगरपालिकाबाट तालिमको लागि ५ लाख बजेट परेको हो ।