खार्चुङको हत्यामा संलग्नहरूलाई प्रहरीले गर्याे सार्वजनिक
निर्मल बस्नेत
कार्तिक २५,चौतारा ।
हेलम्बु गाउँपालिका वडा नम्वर १ खार्चुङमा कार्तिक १८ गते राती केसाङ लामाको पसल चोरी गरि उक्त पसलेलाई नै हत्या गर्ने हेलम्ब् १ का ३ जनालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले सार्वजनिक गरेको छ ।
स्थानीयहरु हरेक वर्ष लक्ष्मी पूजाको दिन घट्नास्थल नजिकैको मिलेरेपा गुम्वामा पुजापाठ गर्न सबै जना जाने र पसल चोरी गर्ने योजना बुनेका ३ जनाले सोही दिनै काठ्माण्डौ वाट हेलम्बु आएका थिए । पसले राती पनि पसलमै भएपछि अन्ततः उत्तिसको चिरपटले प्रहार गरि ७३ बर्षिया केसाङको हत्यासमेत गरेको प्रहरी अनुसन्धानमा भनिएको छ ।
हत्याराहरु लुकीछिपी बसेको अवस्थामा काठ्माण्डौवाट प्रहरीले पक्राउ गर्न सफल भएका हो । नीजहरुवाट नगद तथा अन्य सामानहरुसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सुचना अधिकारी दक्षकमार बस्नेतले जानकारी दिएका छन् ।
मंगलवार जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पत्रकार सम्मेलन गरि उक्त घट्नामा संलग्न दावादोर्जे लामा, तेञ्जेन ह्योल्मो लामा र सार्की ह्योल्मोलार्ई कर्तब्य ज्यान तथा चोरी डाँकामा कसुर चलाएको छ ।
यो घट्नाबाहेक मेलम्ची नगरपालिका १० को असोज १९ मा भएको ६३ वर्षिया नेत्रप्रसाद दाहालको हत्याराहरु जिल्ला काभ्रेका कृष्ण गगर र सिन्धुपाल्चोकका छिरिङ तामाङलाई पनि पक्राउ गरि कारागार चलान भएको । र, चाडवाडमा जुवातास खेल्ने , लागुऔषध सेवन गर्ने र जवरजस्ती करणी गर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजन अधिकारीले जानकारी दिए