
चौतारा बाट काठमाडौ जादै गरेको माइक्रो बस दुर्घटना

कार्तिक २३ ,सिन्धुपाल्चोक
अरनिको राजमार्ग अन्तर्गत चौतारा बाट काठमाडौ जादै गरेको माइक्रो बस पोखरेबेसीमा दुर्घटना भएको छ ।
सिन्धु पाँचपोखरी प्रा.ली अन्तर्गतको बा २ ख २६१२ नं. को माइक्रोबस दुर्घटना भएको हो । माइक्रोमा सवार सबै घाइते भएका छन् । घाइतेहरु १५ जनालाई उपचारको लागि धुलिखेल अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए ।
घाईते मध्य १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मध्यान्न पौने १२ बजको समयमामाइक्रो सडकबाट करिब ७/८ मिटर तल खसेको थियाे ।
सिट क्षमता भन्दा बढी यात्रु बाेकेर गएकाे माईक्राे ब्रेक फेल भएर दुर्घटना भएकाे प्रहरिकाे प्रारम्भिक अनुमान छ ।