मेलम्ची नगरपालिकाद्वारा चियापान कार्यक्रम सम्पन्न
कार्तिक १७, मेलम्ची (सिन्धुपाल्चोक) । मेलम्ची नगरपालिकाले दीपावली, छठ तथा नेपाल संवतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
सिन्धुपाल्चोक प्रतिनिधि सभाका २ का सदस्य एवम् पूर्वमन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यमा मंगलबार भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रहेका सांसद तामाङले मेलम्ची बाढीले तहसनहस बनाएको मेलम्चीलाई बनाउनका लागि केन्द्रीय सरकारले विशेष पहल गर्नु पर्ने धारणा राखे । अबको पुनर्निर्माणमा स्थानीय तहले मात्र केही गर्न नसक्ने भन्दै तीनै तहको सरकार एक भएर मेलम्चीलाई पुरानै अवसमा पु¥याउन पर्नेमा जोड दिए ।
कार्यक्रममा प्रदेश सभा सदस्यद्वय निमा लामा र इन्द्रमाया गुरुङले चाडपर्वले नेपाली एकता र सद्भावको भावन विकास गरेको भन्दै यस्ता कार्यक्रमले एकताको सन्देश दिएको बताए ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष झम्क नेपाल, मेलम्ची पूर्व अध्यक्ष धर्मकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसका क्षेत्रीय सभापति आइतमान तामाङ, माओवादी केन्द्रका क्षेत्रीय अध्यक्ष भरत थापा, नेकपा एकीकृत समाजवादीका प्रदेश सदस्य विनोद खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले बाढीले क्षति पु¥याएको मेलम्चीलाई कसरी उठाउन सकिन्छ भनेर विज्ञ र सरोकारवाला निकायसँग निरन्तर छलफलमा रहेको बताए ।
उनले मेलम्ची पुनर्निर्माणको लागि स्थानीयहरुले सहयोग आवश्यक रहेको बताए । । आगामी दिनमा आउने यस्ता प्राकृतिक विपत्तिमा सुरक्षित हुने उपायहरु अपनाउन पनि उहाँले आग्रह गरे । प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले सञ्चालन गरिएको उक्त कार्यक्रममा नगर उपप्रमुख भगवती नेपालले स्वागत मन्तव्य राखेकी थिईन ।