माओवादी केन्द्र समाजवादीको संयोजकमा आचार्य

निर्मल बस्नेत,
कार्तिक १३, चौतारा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र समाजवादी सिन्धुपाल्चोकको प्रथम जिल्ला भेलावाट सिताराम आचार्य जिल्ला संयोजकमा चयन भएका छन् ।

पार्टीमा आवद्ध जिल्लाका कार्यकर्ताहरुको उपस्थितिमा चौतारामा भएको भेलावाट ५१ सदस्यीय जिल्ला समिति गठन गरेको छ । जसममा सहसंयोजक ज्ञान बहादुर तामाङ र सुरेश लामा रहेका छन् । त्यस्तै सदस्यहरुमा पार्वती लामा, कान्छामान , राजन, अजय, श्री ब.,जीवन, राज, रोशन राम, दिल बहादुर मामाङ र अमृत माभझी रहेका छन् । बाकी जिल्ला समिती पछि पूर्ण गरिने उक्त पार्टीले जनाएको छ । उक्त पार्टीले एमसीसीको विरुद्ध आगामी मंसिर ४ गते बिशााल जनसभाको आयोजना गरिएको वाग्मती प्रदेश ईन्चार्ज मेघबहादुर खत्रीले जानकारी दिए ।

कार्यक्रम पार्टीको केन्द्रिय अध्यक्ष कर्णजीत बुढाथोकीको प्रमुख आतित्थयतामा भएको हो । कार्यक्रममा बुढाथोकीले जनयुद्धको अन्त्य भएपनि शान्तिपूर्ण आन्दोलनको यात्रा जारी रहेको वताए ।
यसैबीच नेकपा माओवादी केन्द्र समाजवादीले मंसिर ४ गते काठमाडौं खुलामञ्चमा एमसिसि विरुद्वको जनसभा गर्ने जनाएको छ ।