
भोटेकोशी गाउँपालिकामा आँखा शिविर, ९१ ले लिए सेवा

कार्तिक १३,
मार्मिङ (सिन्धुपाल्चोक) । छिमेकी मुलुक चीनसंग जोडिएको भोटेकोशी गाउँपालिकाले एक दिने आँखा शिविर सम्पन्न गरेको छ ।
तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौँ, जिल्ला सामुदायिक आँखा केन्द्र सिन्धुपाल्चोक, बाह्रबिसे शहरी आँखा क्लिनिक र भोटेकोशी गाउँपालिकाको आयोजनामा आँखा शिविर गरिएको हो ।
भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलको प्रमुख आतिथ्यमा मार्मिङ स्वास्थ्य चौकी, चाकुबजारमा निशुल्क आँखा शिविर सञ्चालन गरिएको आँखा शिविरमा ९१ जनाले सेवा लिएका छन् । जसमध्य १७ जना व्यक्तिहरूलाई मोतीबिन्दु भएको गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।
उनका अनुसार मोतीबिन्दु भएका बिरामीहरूको उपचार बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा मंसिर ८,९ र १० गते निशुल्क शल्यक्रियाको व्यवस्था गाउँपालिकाले नै गर्नेछ । सर्वसाधारणलाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले गाउँपालिकाको आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष दाबुटी शेर्पाले बताईन ।
आखाँ शिविर जस्तै अन्य रोगीहरुको लागि समेत शिविर सञ्चालन गरिने उनले जानकारी दिईन ।