सिन्धु एमालेको अधिवेशन ९५ वडामा सम्पन्न, ८ वडामा भने हुनसकेन

कार्तिक ६, चौतारा (सिन्धुपाल्चोक) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोकमा वडा अधिवेशन ९५ वडामा एकैदिन सम्पन्न भएको छ । १०३ वडा रहेको जिल्लामा ९५ वडाको अधिवेशन सकिएको हो । ८ वडाको अधिवेसन भने हुन सकेन । उक्त वडाहरुको अधिवेशन कार्तिक १३ गतेभित्र गरीसक्ने एमालेले जनाएको छ ।

सो पार्टीका अनुसार शनिबार अधिवेशन हुन नसकेका वडाहरुमा भोटेकोशी र जुुगलका २÷२ , बाह्रविसे नगरपालिका, लिसंखु पाखर, हेलम्बु, बलेफी गाउँपालिका भित्रका १ ÷१ वडा रहेका छन् । चौतारा सागाचोकगढी, मेलम्ची नगरपालिका ,पाँचपोखरी थाङ्पाल, इन्द्रावती, त्रिपुरासुन्दरी, सुनकोसीका गाउँपालिकाका सबै वडामा भने अधिबेशन सम्पन्न भएको छ । ती वडाहरुमा सहमतिमा नेतृत्व चयन गरिएको एमाले सिन्धुपाल्चोकले जनाएको छ ।

ठूला तीन पार्टी मध्ये कांग्रेसले यस अघि नै वडा अधिवेशन सम्मन्न गरिसकेको छ । एमालेले वडा अधिवेशन गर्ने दोस्रो पार्टी बनेको छ । माओवादी केन्द्रले भने कार्तिक भित्र वडा अधिवेशन सम्म गर्ने रणनीति लिएको छ ।