भोटेकोशीको शान, आहा ! क्या चिटिक्क मनै लोभ्याउने अरनिको पाहुना घर


दिनेश दुलाल
असोज २५, त्याङथली (सिन्धुपाल्चोक) । भोटबाट झरेको भोटेकोशीको छङछङ, एशियाकै सबैभन्दा ठूलो बन्जीजम्पको चाचाहुई गर्दै माथिल्लो ढिस्कोमा पुग्दा एउटा समथर जग्गा छ । त्याहाँ एउटा सानो रमणीय बस्ती छ ।

आँखिझ्याल राखिएका साना चटक्क परेका घर । रातो अनी गेरु रङले पोतिएका उहि डिजाईन, उहि अग्लाई र उहि मोडेलका दर्जनौं घरहरु छन् । उक्त बस्तीको नामाकरण ‘अरनिको पाहुना घर’ राखिएको छ ।

भोटेकोशी गाउँपालिका ५ त्याङथलीमा निर्माण गरिएको अरनिको पाहुना घर

भोटेकोशी गाउँपालिका वडा नम्बर–५ त्याङथलीमा पर्ने यो पाहुना घरले भोटेकोशी गाउँपालिकाको शान बढाएको छ । यो पाहुना घरले जो सुकै पर्यटकको मन लोभ्याउँछ । त्याहाँ पुगेर नबसीरहन कसैको मन थाम्नै सकिदैन । संधा झै त्यहिँ बसौं जस्तो लाग्छ । आन्तरिक तथा वाह्य पर्यटकका लागि सहपरिवार होम डेलिभरी सहितको सुविधा भएको अरनिको पाहुना घरको परिकल्पना स्थानीय कुमार राउतले गरेका हुन् । उनी समृद्व नेपालका अध्यक्ष हुन । द लाष्ट रिसोर्टका मेनेन्जमेन्ट समेत रहेका राउतका भूकम्प पछिको सपना करिब करिब पुरा भएको छ । भूकम्पले त्याहाँका पुराना सबै घरहरु ध्वस्त बनाएपछि राउतले यो सुन्दर बस्तीको परिकल्पना गरे ।

उनको नमुना बस्ती बनाउने हुटहुटी जब राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना भवन ईकाले सडक, सामुदायिक भवन लगाएत पूर्वाधारको काम गरिदिने बचन दियो । त्यसपछि उनी निकै हौसिए । नभन्दै उनकै अध्यक्षमा समृद्व नेपाल नामक संस्था दर्ता गरेर योजना पार्न सफल भए । अरनिको पाहुना घर उनी लगाएत १० जनाको शेयर छ । अरनिको पाहुना घरले व्यवसायीकरण मात्र गरेको छैन् । भोटेकोशी गाउँपालिकाको ईज्जत बढाएको छ ।

भोटेकोशी गाउँपालिका ५ त्याङथलीमा निर्माण गरिएको तल्लको एकीकृत नमुना बस्ती

अनुमानित २ करोड लगानीमा निर्माण गरिएको पाहुना घरमा किचेन बाथरुप सहित ३ वटा कोठा छन् । एउटा सानो परिवार अटाउने उक्त पाउनाघर जो सुकैले हप्ता दिन सम्म लिजमा लिएर बस्न सकिने संस्थाका अध्यक्ष राउतले बताए । उनका अनुसार परिवार सहित घुम्न आउने आन्तरिक वा वाह्य पर्यटकले खाना आफैं बनाएर खान सक्ने छन् । आफैं बनाउन नचाहने पाहुनाका लागि सामुहिक मेशको समेत व्यवस्था रहने उनले बताए । होम स्टेको रुपमा विकास गर्न लागिएको पाहुना घरमा बस्ने पाहुनाका लागि आवश्यक पर्ने खाद्यन्न लगाएत सामाग्रीहरुको व्यवस्थापन समेत गरिने संस्थाको योजना छ ।

अरनिको पाहुना घर संगै फुड म्युजियम तथा कोशेली घर समेत बनाउने योजनामा रहेको संस्थाले पाहुना फर्किदा स्थानीय तहमा उत्पादन गरिएका सामाग्री तथा भोटेकोशीको मायाँको चिनो रुपमा प्रदान गरिने राउतको कथन छ । अरनिको पाहुना घर रहेको त्याङथली बस्ती समथर जमिन रहेकोले बाढी तथा पहिरोको कुनै जोखिम नरहेको उनको दावी छ ।
उनका अनुसार त्याङथली क र ख राउत टोल बिस्थापित गरी ४ सय वटा घर, ५ सय क्यापासिटिको समिनार गुम्बा र स्वास्थ्यचौकी गरी करिब २२ करोड लगानीमा निर्माण गरिएको हो । अरनिको सम्झनामा साँस्कृतिक कल्चर सहितको २ सय वटा होमस्टे बनाउने र त्याहाँको समुदायको जिविको पार्जन गराउने उद्देश्यले गरिएको अभियान्ता राहुतले कथन छ । सडकका ढुङ्गा छाप्ने काम अन्तिम चरणमा पुगेकोले केही समयमै अरनिको पाहुना घरको उदघाटन पछि सञ्चालनमा ल्याउने तयारी संस्थाले गरेको उनले सुनाए । त्यस्तै पुननिर्माण प्राधिकरणले सडक, बत्ती, खानेपानी लगाएतको पूर्वाधाको काम गरिदिएको छ । निर्माण व्यवसायी अर्जुन थापाले ठेक्का लिएको उक्त योजनाको २०७६ मंसिरमा सुरुवता भएर २०७८ पुष सम्म सक्ने योजना रहेको छ ।

सोही अरनिको पाहुना घर नजिकै भोटेकोशी गाउँपालिकाकै योजनामा त्याङथली एकीकृत बस्ती (ख) निर्माण गरिएको छ ।
भोटेकोशी–५ मा रहेको त्याङथली एकीकृत बस्तीमा गाति, बाह्रबिसे तथा मेलम्ची सम्मका २२ घर विस्थापितहरु बस्छन् ।
अक्सफामको आर्थिक सहयोग तथा जनहित ग्रामिण सेवा समितिद्वारा निर्माण गरिएको उक्त बस्ती निर्माणमा समेत राउत अध्यक्ष रहेको समृद्व नेपाल नामक संस्थाले समन्वय गरेको थियो ।

५ रोपनी क्षेत्रफलमा निर्माण गरिएको एकिकृत बस्ती निर्माणमा गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले समेत व्यक्तिगत रुपमा आर्थिक सहयोग प्रदान गरेका छन् । पालिका अध्यक्ष पौडेलले विस्थापितहरुको लागि दुईवटा घर निर्माणमा पर्ने आर्थिक सहयोग प्रदान गरिएको बुलकोट पहिरोमा बाँचेका फुर्वा तामाङले बताए । बुलकोट पहिरोमा परेर झण्डै झन्डै मृत्युको मुखमा पुगेका फुर्वा एकीकृत बस्तीमा बसेका छन् गाउँपालिका अध्यक्ष राजकुमार पौडेल लगाएतको सहयोगले तत्कालै हेलिकप्टेर मार्फत उनीलाई उद्वार गरिएपछि उनले नयाँ जीवन पाएका थिए । खुट्टाको नशा काटिएर अपाङगता बनेका फुर्वा एकिकृत बस्तीमा बस्ने एक उदाहरण पात्र मात्र हुन् ।

अन्य विस्थापितको कथा वेथा पनि फुर्वाको भन्दा चानचुने छैन् । हरिया रंगका जस्तापाताले छाएको एउटै डिजाईनको त्याङथली एकीकृत बस्तीमा विस्थापितहरु ढुक्कसंग बस्न पाएपनि बाँच्ने आधार जिविकोपार्जनको लागि आयआर्जन नहुँदा निकै समस्या परेको उनीहरुको दुखेसो छ । विस्थापितहरुलाई आर्थिक आत्मनिर्भर बनाउने योजना गाउँपालिकाले सोचिसकेको गाउँपालिका अध्यक्ष पौडेल बताउँछन् ।