प्रथम मालिकादेवी कप फुटबल प्रतियोगिताको उपाधि सुनौलो बिहानीलाई
असोज २१, चौतारा (सिन्धुपाल्चोक) । प्रथम मालिकादेवी कप फुटबल प्रतियोगिताको उपाधि सुनौलो बिहानीले प्राप्त गरेको छ ।
आजको अन्तिम खेल सुनौलो बिहानी अभियान र चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ बिच सम्पन्न भएको छ । उक्त खेलमा सुनौलो बिहानी अभियान २–० गोल अन्तरले विजयी भएको छ । सुनौलो बिहानीको लागि दुबै गोल प्रकाश खत्रीले गरेका छन । म्यान अफ दि म्याच सुनौलो बिहानी अभियानका भिमबहादुर गुरुङ भएका छन ।
सोमबारबाट मेलचौरमा सुरु भएको तेस्रो खेल इर्खु स्पोर्ट क्लव र चौतारा साँगाचोकगढी वडा नम्बर ६ पिपलडाँडाबिच सम्पन्न भएको थियो । उक्त खेलमा वडा नम्बर ६ १–० गोल अन्तरले विजयी भएको थियो । गोल गर्ने खेलाडि वडा नम्बर ६ का प्रदिप बुढाथोकी भएका थिए भने म्यान अफ दि म्याच वडा नम्बर ६ का प्रदिप बुढाथोकी भएका थिए ।
त्यस्तै दोस्रो खेलमा जल्किने युथ क्लव खक जुगल बोर्डिङ हाइ स्कुल बिच प्रतिश्पर्धा परेको थियो । उक्त खेलमा जल्किने युथ क्लवले ४–० गोल अन्तर विजयी भएको थियो । जल्किने युथ क्लवका सिर्जन बोगटीले ह्याट्रीक गर्न सफल भएका थिए भने चौथो गोल असिम राइले गरेका थिए । सो खेलमा म्यान अफ दि म्याच जल्किने युथ क्लवको खेलाडि सिर्जन बोगटी भएका थिए ।
त्यस्तै पहिलो खेल मेलचौर युवा जागरण समाज र रानीटार युवा क्लव बिच भएको थियो । उक्त खेलमा मेलचौर युवा जागरण समाज २–० गोल अन्तरले विजयी भएको थियो । मेलचौरका लागि आदर्श दंगाल र अभिषेक दंगालले १–१ गोल गरेका थिए भने खेलको म्यान अफ दि म्याच मेलचौर युवा जागरण समाजका क्याप्टेन जर्सि नम्बर १० का निरोज दंगाल भएका थिए ।
मेलचौर युवा जागरण समाजले आयोजना गरेको प्रथम मालिकादेवी कप फुटबल प्रतियोगिता चौतारा साँगाचोकगढी नगरपालिका– ७ मेलचौरमा सुरु भएको हो । प्रतियोगिताको उदघाटन चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले गरेका थिए । सो कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका– ७ का वडा अध्यक्ष उमाप्रसाद दुलाल, ज्ञानमन्दिर नमूना माविका प्रधानाध्यापक तुलसीप्रसाद दंगाल, युवा नेता रामकृष्ण दंगाललगायतले शुभकामना व्यक्त गरेका थिए । २० टीम सहभागी सो प्रतियोगिताका लागि प्रत्येक टीमलाई म्याच बलसमेत प्रदान गरिएको थियो ।
आज समापन भएको उक्त खेलमा विजयी खेलाडीहरुलाई नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।