
हेलम्बु गाउँपालिकाको आफ्नै पहलमा सुचारु भयो यातायात

असोज २१, हेलम्बु (सिन्धुपाल्चोक) । हेलम्बु गाउँपालिकाले आफ्नै पहलमा अबरुद्व बाटो सुचारु भएको छ ।
हेलम्बु गाउँपालिकामा असार १ र साउन १६ गतेको बाढीले रातोपुल बगाएपछि हेलम्बका सम्पुर्ण सडक तथा पुलहरु पूर्ण रुपमा नष्ट भएको थियो ।
हेलम्बु गाउँपालिकाको आफ्नै स्रोतबाट ध्वस्त बनाएको सडक तथा रातोपुलमा हिम पाईप राखी गाउँपालिकाको केन्द्र किउलसम्म यातायात सन्चालनमा आएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । उनका अनुसार आज किउलदेखी तिम्बुसम्म जाने अस्थायी बाटो निर्माण कार्य सम्पन्न भएसगै यातायाता सुचारु हुने छ ।
भोलिदेखि दुई ठाँउमा अस्थायी पुल निर्माण गरे पश्चात हेलम्बुको तार्केग्यङ, नाकोते, सेर्माथाङ र पल्चोक लगायतका सम्पुर्ण ठाँउहरु सडक संजाल सङ्ग जोडिने अध्यक्ष शेर्पाको भनाइ छ । बाढी पहिरोका कारण निकै लामो समय अवरुद्व बनेको उक्त क्षेत्रमा अब हेलम्बु घुम्न आउने पर्यटकहरुको लागि सडकको पँहुच सहज भएको उनको दावी छ ।
बाढी पहिरोबाट सर्वाधिक क्षति पुगेको हेलम्बुमा गाउँपालिकाको अथक प्रयासमा जनजीवनलाई सामन्यकरण गर्दै विकास र जनताका सरोकारका विकासमा फर्किएको गाउँपालिकाले जनाएको छ ।