
सिन्धुपाल्चोक उद्योग बाणिज्य संघमा २५ सदस्यीय सल्लाहकार समिति मनोनित (नामोली सहित)

असोज २१ बाह्रबिसे (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले २५ सदस्यीय सल्लाकार समिति मनोनित गरेको छ । संघले अधिवेशन भएको ७ महिना पछि सल्लाकार समिति मनोनित गरेको छ ।
संघको २०७७ चैत्र ७ दशौं अधिवेशन तथा २५ औं साधारणसभा भएको थियो । होमबाहदुर बस्नेत (राजकुकार) नेतृत्वमा बनेको कार्यसमितिले सल्लाहकार निर्माण गरेको थिएन । तर आज संघले आफ्नै कार्यालय भवनमा आयोजित कार्यक्रममा पूर्व अध्यक्ष एवं उद्योग वाणिज्य माहासंघका केन्द्रीय सदस्य कमल कुमार श्रेष्ठको नेतृत्वमा समिति मनोनयन गरेको हो ।
श्रेष्ठ सभापति रहनेगरी सल्लाकार समिति निर्माण गरिएको संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार) ले सिन्धुज्वालालाई जानकारी दिए । त्यस्तै सल्लाहकार समितिको सह सभापतिमा बुद्वराज बस्नेत रहेका छन् ।
उपसभापति यादव दाहाल र होमनाथ तिमिल्सिना रहेका छन् । त्यस्तै सचिवमा विनोद थापालाई मनोनित गरिएको छ ।
संघको नयाँ कार्यसमितिको २ भदौमा बसेको वैठकले २५ सदस्यीय सल्लाहकार समिति मनोनित गर्ने निर्णय गरेको अध्यक्ष बस्नेतले बताए ।
‘हाम्रो कार्यसमितिले यस अघिनै सल्लाकार बनाउने गरेको निर्णयलाई अहिले घोषणा गरेका हौं’, अध्यक्ष बस्नेतले भने ।
उनका अनुसार मनोनितहरुलाई संघद्वारा आयोजित दशैं तथा शुभ दिपावलीको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा घोषणा गरिएको हो । संघले मनोनित सल्लाकार सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरेको छ ।
कार्यक्रममा संघका नव निर्वाचित सल्लाकार समितिका सभापति तथा केन्द्रीय सदस्य कमल कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठ तथा अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार), लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
यसैबीच सोही कार्यक्रमको अवसरमा मेलम्ची बाढीले क्षति पु¥याएको मेलम्ची बजार पुर्ननिर्माणका लागि संघले दुईलाख रुपैंया सहयोग समेत गरेको अध्यक्ष होमबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार मेलम्ची पुननिर्माण सरोकार समितिलाई यसअघि रकम हस्तान्तरण गरिसकिएको छ । सो रकम समितिका संयोजक सागर श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले कोभिड–१९ रोकथाम तथा नियन्त्रणको लागि समुदाय स्तरमै सहयोग तथा जिल्लाका विभिन्न ठाउँमा बाढी पहिरो पीडितहरुका लागि सहयोग लगाएत रचानात्मक काम गरेको संघले जनाएको छ ।
सल्लाकार समिति सदस्यहरु ः
आकाश श्रेष्ठ
अभिशेक प्रदान
ध्रव ठकुरी
जनक तिमिल्सिना
कमलबहादुर श्रेष्ठ
केशबहादुर तामाङ
कुवेर श्रेष्ठ
मोहन विक्रम कार्की
निलध्वज थापा
पदमबहादुर मगर
रविन रोक्का
रामबाबु श्रेष्ठ
रामकृष्ण बस्नेत
रामशरण बस्नेत
रामशरण भण्डारी
सागर श्रेष्ठ
सानु तामाङ
शेरबहादुर बस्नेत (बासु)
उमेश सुवेदी
उत्तमराज भण्डारी