
माओवादी केन्द्रले पठायो ५० प्रतिशत महिला सहित समावेशी मन्त्री (नामोवली सहित)

असोज २१, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले देउवा नेतृत्वको गठवन्धन सरकारमा पठाउने मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ ।
मन्त्रालयमा जाने मन्त्रीहरुको नाम टुङ्गो लगाएको सो पार्टीले ५० प्रतिशत महिला सहित समावेशी नाम पठाएको दावी गरेको छ ।
माओवादीको आफ्नो छुट्टै पृथक पहिचान सहितको पार्टी निर्माणको उदघोष संगै स्थायी समितिको निर्णयमा केन्द्रीय सरकारमा ५० प्रतिशत महिला सहित संघीय सरकारमा सहभागी गराएको माओवादी केन्द्रका एक नेताले बताएका छन् ।
केही दिन अघि मात्र मन्त्रालयमा नाम पठाउन आफ्नो पार्टी निकै सकस र दवाव परेको बताएका पार्टी अध्यक्ष प्रचण्डले समावेशी सहितको नाम पठाउन सफल देखिएका छन् । थोरै संख्यामा भएपनि महिला, जनजाती, मधेशी र दलित सहितको समावेशी मिलेको सम्भव त पहिलो प्रयास भएको छ । माओवादीको यो प्रयासलाई सामाजिक सञ्जालमा समेत प्रशंसा पाएको छ ।
यस्ता छन् समावेशी सहभागी मन्त्रीहरु
१. जनार्दन शर्मा ’प्रभाकर’ – (खस आर्य)
२. पम्फा भुसाल– (महिला÷खस आर्य)
भोली नियुक्ति र सपथ हुने
३. देवेन्द्र पौडेल – (खस आर्य)
४. शशी श्रेष्ठ – (महिला÷जनजाती)
५. महेश्वर गहतराज – (दलित)
६. बोधमाया यादव – (महिला÷मधेशी÷सहिद परिवार)