पाँचपोखरी थाङपाल गाउँपालिद्वारा चियापानको अवसरमा पालिकाको समिक्षा
असोज २१, थाङपालधाप (सिन्धुपाल्चोक) । पाँचपोखरी थाङपाल गाउँपालिकाले चियापान कार्यक्रमको अवसरमा पालिकाको पाँचबर्षको समिक्षा गरेको छ ।
२०७८ सालको शुभ दिपावली ,नेपाल सम्बत तथा छठ पर्व लगायत चाडपर्वको पावन अबसरमा पाँचपोखरी थाङपाल गाउँपालिकाले बुधबार सर्वपक्षीय भेला गरी गाउँपालिकाको समिक्षा गरेको हो ।
शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पालिका भित्रका राजनीतिक दलका प्रतिनिधि , जनप्रतिनिधि ,कर्मचारी लगाएतको सहभागिता थियो । सहभागीले चाडपर्वको शुभकामना बाड्दै पालिकाले शिक्षा ,स्वास्थ्य, कृषि ,पर्यटनमा कसरी काम गर्ने भन्नेबारेमा छलफल तथा समिक्षा समेत गरेका छन् । गाउँपालिकाको सर्मद्धिको बाटोको चर्चा गदै आगामि दिनमा हातेमालो गदै विकासमा लागी पर्ने बिषयमा साझा प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष टासी लामाले हिन्दुहरुको महान चाड बडा दशैं, तिहार, नेपाल संवत एवं छठ पर्वको अवसरमा शुभकामना ब्यक्त गरे ।
यसैबीच विकट बस्तीमा पुगेर बैंक मार्फत कार्यसम्पादन गर्न सहयोग पुराएको भन्दै मेगा बैंक शाखाका प्रबन्धक चतुर प्रसाद भट्राईलाई पालिकाले नगद सहित सम्मान गरेको छ । प्रबन्धक भट्रराईले आफुले पाएको सहयोग रकम पालिकाले संचालन गरेको अनाथ बालबालिकाहरुको सहयोग कोषलाई हस्तानतरण गरेका छन् ।