तेर्से माविमा बन्यो छात्राबास

असोज २१, मेलम्ची (सिन्धुपाल्चोक) । जिल्लाको तेर्से माध्यामिक विद्यालय तालामारङले छात्रबास निर्माण गरेको छ । मेलम्ची नगरपालिका अन्र्तगत पर्ने उक्त छात्रबासको बुधबार नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले उद्घाटन गरेका हुन् ।

मेलम्ची बाढीका कारण क्षतिग्रस्त भइ संरक्षण र पुनव्र्यवस्थापनको काम सम्पन्न सहित भएसंगै विद्यालयले छात्राबास उदघाटन, सम्मान तथा दशैंको शुभकामना कार्यक्रम आयोजना गरेको थियो । छात्राबास उदघाटन पछि विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अर्यालले नगरपालिकाको भावी लक्ष्य अनुसार विद्यालयले शैक्षिक स्तरमा फड्को मारेको उल्लेख गरे ।

मेलम्चीको प्राकृतिक सुन्दरता नै कुरुपता बनाउने गरी आएको बाढीका पश्चात पनि विद्यालयले भौतिक प्रगति गरेको भन्दै धन्यवाद दिए ।
कार्यक्रममा वडा अध्यक्ष जितराज थापाले बाढीले क्षति पु¥याको विद्यालय पुनसंरचना पछि गुणस्तरीयतामा केन्द्रित हुनुपर्ने धारणा राखे ।

मेलम्ची नगरपालिका मार्फत गत तिन आर्थिक वर्षमा विनियोजित रु ९० लाख रुपैयाँमा बनेको भवनमा भान्छाघर, कोठाका निम्ति आधारभुत समग्री व्यवस्थापन गर्न टीम नेपालले १७ लाख रुपैयाँ सहयोग गरेको थियो । सामुदायिक आत्मानिर्भरता केन्द्र मेलम्चीले उपलब्ध गराएको एक रोपनी जग्गामा बनेको उक्त १८ कोठे छात्राबास भवनमा तत्कालका लागि ४८ जना विद्यार्थीका निम्ति सम्पूर्ण व्यवस्थापन गरिएको वि.व्य.स. अध्यक्ष निल बहादुर शाहीले जानकारी दिए ।

कार्यक्रममा बाढीबाट विद्यालयको संरक्षण र पुनव्र्यवस्थापनका लागि सहयोग गर्ने १५० भन्दा बढी व्यक्ति तथा संघसंस्थालाई कदरपत्रले गरिएको छ । त्यस्तै शैक्षिक सत्र २०७७ का एसइइ (कक्षा १०) र एसएलसी (कक्षा १२) का विद्यार्थीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितका अध्यक्ष निलबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक कृष्ण ढङु्गानाले असार १ पछि विद्यालयले गरेको कार्यहरुको भौतिक तथा आर्थिक विवरणबारे प्रस्तुत गरेका थिए । कार्यक्रममा हेल्प नेपालका अध्यक्ष जिमि लामा, पुर्व वि.व्य.स. अध्यक्ष बालकृष्ण देउजा लगायतले मन्तव्य राखेका थिए । विद्यालय संरक्षण र पुनव्र्यवस्थापनका लागि सहयोगी संघसंस्था एवं व्यक्तिहरुलाई सम्मान गरिएको छ ।