सिन्धुपाल्चोक पत्रकार महासंघको पहिलो प्रयास, पत्रकार जेष्ठ नागरिकलाई सहायता
असोज १९,
चौतारा । सिन्धुपाल्चोकमा रहेर लामो समय देखि क्रियासिल रहेका पत्रकार राम केसीलाई जेष्ट पत्रकारिता सहायता रकम हस्तान्तरण गरिएको छ । नेपाल पत्रकार माहासंघ सिन्धुपाल्चोक शाखाले जेष्ठ पत्रकार केसीलाई सहायता प्रदान सम्भवत पहिलो थालनी हो ।
महासघंले आयोजना गरेको विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सो रकम हस्तान्तरण गरिएको हो ।
केसी अस्वस्थ्य भएकोले उनका धर्मपत्नी टीकालक्ष्मी केसीलाई चेक हस्तान्तरण गरिएको थियो । उनलाई प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले १२ हजार रुपैंयाको चेक हस्तान्तरण गरे ।
कार्यक्रमका प्रमुख अतिथि रहेका काउन्सिलका अध्यक्ष बस्नेतले सामाजिक सुरक्षा भत्ता स्वरूप पत्रकारलाई यस्तो सहायता प्रदान गरिनु ७७ जिल्लाकै पहिलो प्रयास भएको टिप्पणी गरे । ‘तपाईहरुको प्रयास अन्य जिल्लालाई पनि सिकाई भएको छ । काउन्सिलले पनि सुरुवात गर्छ’, अध्यक्ष बस्नेतले भने । पत्रकार महासंघ केन्द्रीय कार्यालय प्रति व्यङ्ग गर्दै अध्यक्ष बस्नेतले भने, ‘जेष्ठ नागरिकलाई सम्मान गर्ने कुरा गफ मात्रै भएको छ तर आज सिन्धुपाल्चोक शाखाले थालनी गर्नु निकै प्रशंसनीय काहम भएको छ ।’
जिल्लामा क्रियासिल पत्रकार तथा माहासंघलाई काउन्सिलले सञ्चार सामग्री लगाएत अबश्यक सहयोग गरिने बचन समेत दिए ।
त्यसैगरी कार्यक्रममा सहभागी वक्ताहरुले पत्रकार माहासंघ सिन्धुपाल्चोकले हरेक विपत्तीको बेलामा गरेको प्रयास प्रशंसायोग्य रहेको भन्दै पत्रकारिता क्षेत्रलाई अझ स्वतन्त्र र मर्यादित बनाउन आग्रह गरे ।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, पत्रकार महासंघका केन्द्रीय सदस्य, विभिन्न राजनैतिक दलका प्रतिनिधि, विषयगत कार्यालयका प्रमुखहरु, संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मी लगाएहतको सहभागिता रहेको थियो ।
नेपाल पत्रकार महासंघ सिन्धु शाखाले जेष्ठ पत्रकारलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने नीति अनुरुप यो बर्ष ६० बर्ष कटेका एक मात्र जेष्ठ पत्रकार राम केसीलाई रकम हस्तान्तरण गरिएसंगै यो कार्यक्रमलाई निरन्तरता दिने शाखा अध्यक्ष श्रेष्ठको भनाई छ ।
शाखाले शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा कोभिड संक्रमित पत्रकारलाई कोभिड राहत उपचार बापतको सहयोग प्रदान गरिएको शाखा अध्यक्ष जीवनप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार शाखाले जिल्लामा क्रियासिल एकदर्जन संञ्चारकर्मीलाई उपचार वापतको खर्च प्रदान गरिसकेको छ ।
यसैबीच सिन्धुपाल्चोक चौतारामा रहेको जुगल बोर्डिङ हाइस्कुलले पत्रकारका छोराछोरीलाई निःशुल्क अध्यापन गराउने घोषणा गरेको छ ।
बोर्डिङले नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखासँगको समन्वयमा दुई जना पत्रकारका छोराछोरीलाई निःशुल्क पढाउने भएको हो । बोर्डिङका प्रिन्सिपल ओमप्रकाश उप्रेतीले मंगलबार नेपाल पत्रकार महासंघको आयोजनामा भएको विजया दशमी, दिपावली, नेपाल सम्वत्, तथा छठ पर्वको अवसरमा गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा सो घोषणा गरेका हुन् ।
निःशुल्क अध्यापन गराउनका लागि पत्रकार महासंघले पत्रकारका छोरा या छोरीलाई सिफारिस गर्नुपर्ने र हरेक वर्ष नवीकरण गर्ने गरि महासंघसँग सम्झौता गरिने बोर्डिङले जनाएको छ ।