¥याफ्टिङ गर्ने क्रममा एकको मृत्यु

असोज १७, सुकुटे (सिन्धुपाल्चोक) । सुनकोशी नदिमा ¥याफ्टिङ गर्ने क्रममा एक जनाको ज्यान गएको छ ।
जिल्ला दोलखा मेलुङ गाउँपालिका वडा नं. ४ घर भई हाल काठमाण्डौ जिल्ला ठुलो भ¥याङ स्थित स्वयम्भु खाद्यान्न डिपोमा काम गरी बस्ने वर्ष २२ को सजन खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
आईतबार १ बजेको समयमा जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ डुम्रे स्थित सुनकोशी नदीमा स्प्लेश नेपाल अडभान्चर काठमाडौं बाट ¥याफ्टिङ गर्ने आएका १० जना खड्काको नदिमा खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्ष कुमार बस्नेतले जानकारी दिए ।
सुनकोशी नदीमा खसेर वेपत्ता भएका खड्काको नेपाल प्रहरी तथा शसस्त्र प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा ३ बजे खसेकै स्थानमा पानीभित्र मृतक अवस्थामा भेटिएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।