इन्टरनेशनल ट्रेल रेसमा उमेश र अनिता भए प्रथम
दिनेश दुलाल
असोज १७, चौतारा । ईन्टरनेशनल ट्रेल रेसमा पुरुष तर्फ उमेश राई र महिला तर्फ अनिता राईले प्रथम स्थान हात पारेका छन् ।
६० किलोमिटर ट्रेल रेसमा शेर थारु द्वितीय, अर्जुन राई तृतीय भएका छन् । यस्तै महिला तर्फ निक्की नेमाङ द्वितीय भएकी छिन् ।
यसैगरी २८ किलोकिटर होमी बुढामगर प्रथम, आश्मा विक द्वितीय र रचना राई तृतीय भएकी छिन् । पुरुष तर्फ भने सन्चे तामाङ प्रथम, तस्बिर लामा द्वितीय र अशोक बराम तृतीय भएका छन् ।
सिन्धुपाल्चोक इन्टरनेशनल ट्रेल रेसको आयोजक रहकोे छैठौं संस्करण प्रतियोगिताको अन्तर्राष्ट्रिय साहसी म्याराथन धाविका मिरा राईको प्रमुख आतिथ्यतामा शनिबार भएको हो ।
६० किलोमिटर ठूलोसिरूवारीबाट द लास्ट रिसोर्ट सम्म र जलबिरेबाट द लास्ट रिसोर्ट सम्म २८ किलोमिटर प्रतियोगिताको आयोजना गरिएको हो । ट्रेलरेसमा देशी तथा विदेशी रनर प्रतियोगि सहभागी थिए ।
आयोजकका अनुसार जलविरेबाट बन्जी सम्म २८ किलोमिटर तथा ठूलोसिरुवारीबाट डडुवा कोटडाँँडाबाट ईर्खुब, कुविन्डे, याङ्लाकोट र घुम्थाङ हुँदै बन्जी जम्प सम्म पुग्न प्रतियोगिहरुले ६० किलोमिटर पैदल पार गर्नुपर्छ ।
प्रतियोगितामा ६० किलोमिटरमा २१ जना र २८ किलोमिटरमा ८० प्रतियोगि सहभागी रहेको रोनाईजर राम पुरीले बताए । उनका अनुसार शनिबार ३ बजे प्रतियोगी बन्जिजम्प पुगेर अन्त्य भएको थियो । विजेता रनरहरुले नगद पुरस्कारका साथै अन्तराष्ट्रिय अवार्ड समेत प्रदान गरिएको आयोजकले बताएको छ ।
टे«ल रेसको छैटौ संस्करण गत साल गर्नु पर्नेमा कोभिडले गर्दा रोकिएपछि अहिले गरिएको ट्रेल रेसका रोनाईजर पुरीले जानकारी दिए ।
उनका अनुसार सिन्धुपाल्चोक ईन्टरनेशनल ट्रेलरेसले उक्त प्रतियोगिता वर्षेनी गर्ने योजना बनाए पनि गत साल कोभिडको कारण रोकिएको हो ।
स्थानीय पर्यापर्यटन प्रबर्द्धन, स्थानीय युवाको सक्षमता विकास, स्थानीय सामाजिक साँस्कृतिक आर्थिक प्राकृतिक सम्पदा र स्थानीय जनजीवनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचानको लागि उक्त प्रतियोगिता आयोजना गरिएको आयोजककी सदस्य दयालक्ष्मी श्रेष्ठले बताईन । ठूलोसिरुवारी तथा सिन्धुपाल्चोकका समुदाय द्वारा सन् २०१५ देखि निरन्तर आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय मान्यता प्राप्त ट्रेल रेस सिन्धुपाल्चोक जिल्लाको खेल क्षेत्रको सामरिक महत्व बोक्ने संस्था रहेको श्रेष्ठको दावी छ ।