सदरमुकाम नजिकै विद्यालयको विजोग, जाहाँ बालबालिका एउटै कोठामा कोचिएर पढ्छन्
दिनेश दुलाल
असोज ५, सुकुटे (सिन्धुपाल्चोक) । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १० साठी मुरेकी ४५ वर्षी सीता माझी आफ्नै गाउँमा पहिरोले क्षति पु¥याएको विद्यालय हरेर निकै चिन्तित छिन् । गाउँकै अगुवा रहेकी सीता भत्किएको विद्यालय बनाईदिन भन्दै सिंहदरबारको अधिकार पाएको सरकारी अड्डा देखि संघसंस्थालाई धेरै गुहारिन तर गुहार कसैले सुनेन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश माझी समेत हैरानीमा छन् । भूकम्प पछि सरकारी तथा संघ संस्थाको सहयोगमा सिन्धुपाल्चोकमा विद्यालयका ठूल ठूला महलहरु ठडएि तर सदरमुकाम चौताराबाट करिब २२ किलोमिटर मात्रै रहेको साठीमुरेलाई भने कसैले चिनेनन् । ६७ घरधुरी रहेको साठीमुरेमा सबै माझी समुदाय हुन् ।
साठीमुरे पुग्न अरनिको हाईवे सुकुटेबाट मात्र डेड किलोमिटर माथी पर्दछ । गाउँकै माझमा ४ कक्षा सम्मकाे श्री लालिगुराँश आधारभूत विद्यालय पहिरोले पुरिएपछि त्याहाँ अध्यानरत ३ दर्जन बालबालिकाको पढ्ने कोठा एउटै मात्र छ । बालबालिका बस्ने न बेेन्च छ न गतिलाे म्याट । गर्मि हाेस या जाडाे चिसाे भुईमा बस्न बाध्य छन् बालबालिका । पहिरोले ३ वटा कक्षाकाेठा पुरिपछि बालबालिकाहरु एउटै कोठामा कोचिएर पढ्नु परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश माझी बताउँछन् । ‘विद्यालयमा पहिरोले क्षति पु¥यायो, अब बालबालिका काहाँ लगेर पढाउनु ?’, विव्यस अध्यक्ष माझीले चिन्तित हुँदै भने । भूकम्प पछि एउटा गैरसरकारी संस्थालले बनाईदिएको सिमेन्ट पर्मामेन्ट भुँईतले अफिस सहित ४ कोठे भवन माथि पहिरो झरेपछि विद्यालय खण्डहर बनेको उनले सुनाए । ठूलो पहिरो झरेका कारण स्थानीयले पन्छाउनै नसकिको उनले बताए । उनका अनुसार त्याहाँका ३७ बालबालिका एउटै कोठामा कोचिएर पढ्न वाध्य छन् । एकघण्टा बढी सुकुटेमा रहेको सुकुटे माध्यामिक विद्यालय आउन सकिने भएपनि पहिरोको जोखिम र बाटो अपठ्यारोको कारण बालबालिकालाई पठाउन नसकिएको सामाजिक अगुवा सीता बताउँछिन् । १ देखि ४ कक्षा सम्म विद्यार्थीहरुलाई विद्यालयकी प्रध्यानध्यापक प्रभा खड्काले एकै ठाउँमा राखेर पढाउँछिन् । सो विद्यालयमा उनी सहित ३ जना शिक्षक कार्यरत छन् । प्रत्येक दिन पहिरोको जोखिममा बालबालिकालाई पढाउन परेको प्रअ खड्का बताउँछिन् । शिक्षक समेत बस्ने अफिस कोठा नभएको उनले सुनाईन । विद्यालयको सन्दर्भमा पटक–पटक १० नम्बर कार्यालयलाई जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको रुपेश माझीको दुःखेसो छ । उसो त वडाको प्रत्येक बजेट समेत माझी समुदायलाई कुनै जानकारी नगराईएको उनले आरोप लगाए ।
अघिल्लो साता जनतासंग मेयर कार्यक्रममा साठीमुरे पुगेका चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङसंग त्याहाँका स्थानीयले सबैभन्दा पहिलो प्राथमिकता विद्यालय निर्माणलाई जोड दिएका छन् । त्यसपछि सडक, गोरेटोबाटो तथा माझी संस्कृति झल्कने सामुदायिक भवन समेत प्राथमिकतामा राखिदिन उनीहरुले आग्रह गरेका थिए । जनताको सबैभन्दा समस्याको रुपमा रहेको विद्यालय पुर्ननिर्माणको लागि नगरपालिकाले आवश्यक बजेट प्रदान गरिने मेयर तामाङले बताए । बालबालिकाले कक्षाकोठाको अभावका कारण पढ्न नसकेको प्रति आफु चिन्तित रहेको मेयर तामाङले बताए । वडाको बजेटमा माझी समुदायको लागि कुनै फरक व्यवहार नगरिएको वडा नम्बर १० का वडाअध्यक्ष बेलबहादुर महतले बताए ।
माझी समुदायले स्थानीय सरकारसंग आयआर्जनका लागि स्थानीयलाई व्यवसायीकरण गरिदिन समेत माग गरेका छन् । त्याहाँका समुदाय अधिकांश सुनकोशी नदिमा बालुवा बेचर गुजारा चलाउने गरेका छन् ।
यसैबीच सोही विद्यालयमा पूर्व प्रध्यानध्यापक अभिमन्यु गिरीले विद्यालय कोषको १ लाख ३८ हजार र सोही विद्यालयका प्रध्यानध्यापक ध्रुव कुमार पाठकले एकलाख सापटी भनेर लगिएको रकम फिर्ता नगरेको भन्दै आक्रोस पोखेका छन् । दुई शिक्षककले १० वर्ष अगाडि उक्त रकम १८ प्रतिशत व्याज दिने गरी सापटीका रुपमा लगेका थिए । यति लामो समय सम्म रकम फिर्ता नगरेको भन्दै स्थानीयले जनप्रतिनिधि मार्फत फिर्ता गराइदिन माग गरेका छन् ।
उक्त विद्यालयका पूर्व प्रअ अभिमन्युले केही रकम फिर्ता नगरेपनि पाठकले भने व्याज समेत नबुझाएको वडा अध्यक्ष बेलबहादुर महतले बताए ।