बागमति प्रदेशमा क्रियासिल पत्रकारहरुको लागि ५ दिने तालिम

दिनेश दुलाल
असोज ५, सुकुटे (सिन्धुपाल्चोक) । बागमति प्रदेशमा क्रियासिल पत्रकारहरुको लागि ५ दिने तालिम सुरुवात भएको छ ।
बागमति प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय सञ्चार रजिष्टारको कार्यालय हेटौंडाले बागमति प्रदेश भरीका २२ जना क्रियासिल पत्रकारहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।

सिन्धुपाल्चोकको सुकुटेमा सोमबाट सुरुवात गरिएको तालिमको उद्घाटन बागमति प्रदेशकी उपसभामुख राधिका तामाङले गरेकी हुन् । तालिमको उद्घान गर्दै उपसभामुख तामाङले प्रदेश सरकार रजिष्टार कार्यालयको महत्वपूर्ण कार्यक्रमको रुपमा महत्वपूर्ण कार्यक्रम रहेको बताईन । सिक्ने र सिकाउने कार्यक्रम एउटा जिल्लामा मात्र केन्द्रित नभई प्रदेशभरी गरिने उनले बताईन । कतिपय अनलाईनहरू खल्तिका भएको जस्तो देखिएकाले आम जनताको सरोकारको विषय उठाउन आग्रह गर्दै उपसभामुख तामाङले समचारलाई अरुको नक्कल नगरी आफ्नो मौलिकता पर्दशन गर्न आग्रह गरिन ।

तालिम कार्यक्रममा विशेष अतिथि रहेका बागमति प्रदेशका सांसद युवराज दुलालले तालिम महत्व दर्शाउँदै ज्ञान भन्ने कुरा सानो कुरामा पनि सिक्न कोसिस गर्नु पर्ने धारणा राखे ।
तालिम कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङ, १० नम्बर वडाका वडाअध्यक्ष बेलबहादुर महत लगाएतले शुभकामना दिएका थिए । सञ्चार रष्टिारको कार्यालयले प्रदान गर्न लागेको उक्त तालिम प्रदेशभरी जम्मा चालिस जनाले मात्र पाएको रजिष्टार रेवती सापकोटाले जानकारी दिए । तालिम लिन चाहनेको संख्या निकै भएपनि सुरुवारी चरण धेरैलाई प्रदान गर्न नसकिएको सापकोटाले बताए । तालिममा सहभागीहरुलाई धेरै ठूला ठूला कुरा नभई साना विषयहरु पुनताजकी गर्ने खालका साना साना कुराहरु सिकाईने उनको कथन छ । अबका पत्रकार ग्लबोल पत्रकार भएको हुनाले त्यहि अनुसारको तयारी गर्नुपर्ने उनले जोड दिए । तालिम शुक्रबार सकिने छ ।