‘चितवन र हेटौंडालाई जोडेर देशकै राजधानी बनाउनु पर्छ’– मुख्यमन्त्री शाक्य

चितवन जिल्लाको पाँचौ जिल्ला सभाको उदुघाटन गर्दै मुख्यमन्त्री शाक्य

असोज ६, चितवन । बागमति प्रदेशी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले चितवन र हेटौंडालाई जोडेर देशको राजधनी बनाउन पर्ने तर्क अघि सारेकी छिन् ।

जिल्ला समन्वय समिति चितवनको मंगलबार भरतपुरमा आयोजित पाँचौँ जिल्ला सभाको उदघाटन गर्न पुगेकी मुख्यमन्त्री शाक्यले उक्त धारणा राखेकी हुन् । उदघाटन पछिको मन्तव्यलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले हालको राजधानी काठमाडौँ पुग्न सबैलाई कठिन पर्ने भएकाले पूर्वपश्चिम राजमार्गमा जोडिएको चितवन र हेटौंडालाई नै देशको राजधानी बनाउनुपर्नेमा जोड दिइन् । उनले काठमाडौंँलाई प्रदेशको राजधानी बनाएर सबैलाई पाएक पर्ने चितवन र हेटौंडालाई देशको राजधानी बनाउनुपर्ने बताइन् ।

‘काठमाडौं बागमती प्रदेशका १३ वटा जिल्लाको बीचमा छ, त्यसलाई प्रादेशिक राजधानी बनाउँ, चितवन र हेटौंडालाई जोडेर केन्द्रीय राजधानीको रुपमा किन विकास नगर्ने ?’–मुख्यमन्त्री शाक्यले भनिन् । उनले यो विषयलाई अब छलफलको रुपमा चलाउनुपर्ने जरुरी रहेको भन्दै आफूले छलफललाई प्रारम्भ गरि सकेको बताइन् । कार्यक्रममा विभिन्न राजनैतिक दलका नेताहरु संघ संस्थाका प्रतिनिधिहरु, विभिन्न कार्यालयका प्रमुखहरु तथा सर्वसाधारणको समेत उपस्थिति रहेको थियो ।