जनयुद्वका योद्वाहरुलाई यसरी सम्मान गर्यो डडुवा–काठमाडौं समन्वय समितिले (फोटो फिचर सहित)

सम्मानित योद्वाहरु भन्छन्– सोच्दै नसोचेको कुरा पार्टीले सम्मान गर्यो, निकै उत्साहित छौं’
दिनेश दुलाल
असोज २, काठमाडौं । झण्डै दुई दशक शिक्षण पेशा अंगालेकी चौतारा–५ की मिना नेपाललाई अस्ति भरखर जस्तो लाग्छ, कलाकार भएर क्रान्तीकारी गितमा छमछमी नाचेको । ४६ वर्ष अघि डुडुवामा जन्मिएकी मिना कलिलो उमेरमै कम्युनिष्ट बिचारमा आकार्षित भईन । जनजागृति माध्यामिक विद्यालयका तत्कालिन प्रध्यानध्यापक अग्निप्रसाद सापकोटाबाट कम्युनिष्ट विचारमा प्रभावित बनेकी मिनाले स्थानीय कलाकारीताको माध्यमबाट आफुलाई तिख्खर क्रान्तिकारी साबित गरिन । २०४६ सालमा बहुदलीय व्यवस्था आएसंगै तत्कालिन जनमोर्चाले गाउँ –गाउँमा साँस्कृतिक अभियान नै चलाएको थियो । त्यो अभियानमा मिना अब्बल क्रान्तिकारी कलाकार बनिन् । ‘गाउँले दाजु गाँउले दिदी क्या दुःख पायौनी, सुखको लागि गर्दछौ क्रान्ति झन दुःख पायौनी । हत्केलाले छेकौंकी पछ्यौरीले ढाकौंकी…….।’ लगाएत यस्ता गितहरु उतिबेला उनको साँस्कृतिक टोलीले गाएको मिनालाई अझै कण्ठस्त छ । तत्कालिन जनमोर्चा चुनाबी मोर्चाबाट एकताकेन्द्र हुँदै नेकपा (माओवादी) पार्टीको नाममा भूमिगत भयो । मिना भूमिगत त जान सकिनन् तर त्यसबाट भने कहिल्यै अछुतो बन्न सकिनन् । भूमिगत पार्टीलाई बाहिरबाटै सहयोग र समर्थन गरेकी मिनालाई तत्कालिन जिल्ला प्रशासनले तारो मात्र बनाएन गिरफ्तार नै गरेर ३ महिना भन्दा बढी नजरबन्द गर्यो । जेल, यातना र कष्टडीले कहिल्यै गलिनन् निरन्तर क्रान्तिकै सेवामा समर्पित बनिन् ।


आज तिनै मिना लगाएतले क्रान्तिकारी गित संगित मार्फत विजारोपण गरेको डडुवा माओवादीमय बनेको छ । त्यसैले त मिना लगाएत अन्य चारजनालाई ढिलै भएपनि पार्टीले सम्झन सक्यो र माओवादी बिजारोपण गर्ने योद्वाका रुपमा चारजना सम्मानित भएका छन् । चौतारा साँगाचोकगढी नगरपालिका वडा १४ डडुवा–काठमाडौं सम्पर्क समन्वय समितिले आज जुम पार्टी प्यालेस चाहबिलमा मिना नेपाल, केशर नेपाल, ज्ञानेन्द्र नेपाल र बलबाहदुर तामाङलाई सम्मान गरेको हो । सम्मानित भएपछि संक्षिप्त प्रतिक्रिया दिदैं मिनाले आफुहरुले सोच्दै नसोचेको कुरा पार्टीले सम्मान गरेर ठूलो हौसला बढाईदिएको प्रतिक्रिया दिईन ।
मिना जस्तै केशर, ज्ञानेन्द्र र बलबहादुरले डडुवामा पार्टीको विजारोपण गरेर थालिएको सशस्त्र जनयुद्वको बेला राज्यपक्षबाट जेलनेल र यातना पाएको भन्दै सम्पर्क समन्वय समितिले सम्मान गरेको हो ।


चारैजना सम्मानित व्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज कृष्णप्रसाद सापकोटा देशबन्धुले सम्मानपत्र सहित दोसल्ला ओडाएर सम्मान गरेका थिए ।
कार्यक्रलाई सम्बोधन गर्दै जिल्ला ईन्चार्ज सापकोटाले डडुवा काठमाडौं सम्पर्क समन्वय समितिले माओवादी जनयुद्वको ईतिहासलाई कोट्याउन खोजेको प्रति आभार व्यक्त गरे । सम्मानित हुने मिना लगाएत योद्वाहरुले विचार, राजनीतिमा स्पष्ट हुँदै पार्टीमा ईमान्दारीपूर्वक लागेर विद्यमान समाजको कुसंस्कार र कुरितिका विरुद्व निरन्तर संघर्षमा होमिएको स्मरण गराए । त्यसैको बलमा बनेको पार्टीलाई संरक्षण, सम्वर्दन र विकास गर्न पार्टी कार्यकर्तालाई दिशानिर्देश समेत गरे ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा युवा नेता माधव सापकोटा ‘सुवोध’ ले चारजना क्रान्तिकारी योद्वाहरुलाई सम्मान गर्ने कार्यक्रम राखेर माओवादी आन्दोलनको ईतिहाँसलाई अक्षुण राख्दै आयोजकले रचनात्मक कामको थालनी गरेको भन्दै धन्यवाद दिए ।
त्यस्तै कार्यक्रमका अर्का विशेष अतिथि पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सामाजिक विकासमन्त्री युवराज दुलाले कार्यक्रम अत्यान्त सान्दर्भिक र विशिष्ट प्रकारको रहेको टिप्पणी गरे । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य दुलालले माओवादी पार्टी जनआधारित अर्थात कार्यकर्ता बेस पार्टी भएको हुनाले जनतामा लोकप्रिय कार्यक्रम स्थापित गर्न जरुरी रहेको बताए । कार्यक्रमको महत्व पार्टीलाई कसरी स्थापित गर्न सकिन्छ त्यसमै भर पर्ने उनले तर्क पेश गरे । कार्यकर्ताद्वारा जनतालाई आफ्ना अभिव्यक्तिले भड्काउने खालको वातावरण नबनाई जनताको मनोभावना बुझ्न समेत उनले आग्रह गरे ।


कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङ, पार्टीका नगर ईन्चार्ज रामप्रसाद गौतम, अध्यक्ष श्यामकृष्ण श्रेष्ठ लगाएत नेताहरुले भेला तथा प्रशिक्षण कार्यक्रमको शुभकामना दिएका थिए ।
स्थायी घर १४ नम्बर वडा डडुवा तर काठमाडौं बसोबास गरेका सयौं कार्यकर्ताहरुले कार्यक्रम हल भरिएको थियो ।
यसैबीच सम्पर्क समन्वय समितिको तेस्रो भेलाले ईन्चार्ज सहईन्चार्ज सहित २७ जनाको कार्यसमिति तथा ५ जनाको सल्लाकार समिति चयन गरिएको पूर्व सम्पर्क समितिका अध्यक्ष तथा अखिल नेपाल ट्रेड युनियन महासङ सिन्धुपाल्चोकका अध्यक्ष रमेश नेपालले सिन्धुज्वालालाई जानकारी दिए ।
उनका अनुसार उक्त सम्पर्क समन्वय समितिको ईन्चार्जमा सुरेन्द्र नेपाल, सहईन्चार्जमा पुष्कल रिसाल र डम्बर तामाङ तथा अध्यक्ष सन्देश श्रेष्ठ रहेका छन् । समितिले रविन्द्र सापकोटा, गणेश रिसाल, मनिष रसाईली, हरी बस्नेत, दिनेश माझी, सरोज तामाङ, गणेश रसाईली र जीवन तामाङ गरी ८ जना उपाध्यक्षमा चयन भएका छन् । यस्तै सचिव, सहसचिव र कोषाध्यक्ष क्रमशः राजेन्द्र नेपाल, अनिल रसाईली र कृष्ण श्रेष्ठ चयन भएका छन् ।