विद्यालयमा तामाङ भाषा बोलेको निहुमा शिक्षक माथि दुव्र्यवहार

भदौ ३१, मेलम्ची (सिन्धुपाल्चोक) । मेलम्ची नगरपालिका १२ स्थित एक सामुदायिक विद्यालयमा कार्यरत दुई शिक्षिकले तामाङ भाषा बोलेको निहुमा अपमान सहनु परेको छ ।
विद्यालय परिसरभित्र आफ्नो मातृभाषा बोल्न नपाउने भन्दै त्याहाँका प्रधानाध्यपकले अपशब्द प्रयोग गरी दुव्र्यवहार गरेको ति शिक्षकहरुले बताएका छन् । बाँसबारीस्थित श्री कालिका देवि माध्यमिक विद्यालयका शिक्षिक अनिता तामाङ र विमला तामाङलाई विद्यालय परिसरभित्र (मातृभाषा) तामाङ भाषा बोलेको भन्दै सार्वजनिक स्थलमा विद्यालयका प्रधानध्यापक निरजन गिरीले अपमानजनक व्यवहार गरेको पीडितहरुको भनाई छ । ‘हामीलाई मातृभाषा बोलिएको भन्दै शिक्षक कर्मचारी र विद्यार्थीहरुको विच प्रधानाध्यपक ज्युले अपमानजनक व्यवहार गर्नुभयो’ शिक्षिका अनिता तामाङले भनिन, ‘विद्यालयमा तामाङ भाषा बोल्न पाइदैन ।’
प्रधानाध्यपकले अराजकशैलिमा प्रस्तुत भएर अपमान गरिएको शिक्षिका विमला तामाङले बताईन ।
आफुहरुले गरेको सानो गल्तीले पटक पटक मनोबल गिराउने काम भएको उनीहरुको भनाई छ ।
यसैबीच तामाङ भाषालाई बन्देज नगर्न तामाङ विद्यार्थी घेदुङको खबरदारी सहित विज्ञप्ती सरकारले मातृभाषा शिक्षा पठनपाठन गर्न स्विकृति दिएको जिल्लामा मातृभाषा बोलेकै विषयलाई विद्यालयले दुई शिक्षिकालाई गरेको व्यवहार मनान योग्य नभएको भन्दै नेपाल तामाङ विद्यार्थी घेदुङ नेपालले विज्ञप्ती निकालेको छ ।
सो विद्यालयका प्रधानाध्यपक श्री निराजन गिरीले भने आफुले नेपाली भाषामै बोल्न आग्रह गरिएको तर कुनै शिक्षिका माथि दुव्र्यवहार नगरेको प्रष्ट्याए ।