
पुनर्निर्माणको बाँकी काम शहरी विकासमा, निरौलाद्वारा गौतमलाई हस्तान्तरण

निर्मल बस्नेत ÷ सिन्धुपाल्चोक
२०७८ भाद्र ३१,
अब पुनर्निर्माणको काम शहरी विकास मार्फत हुने भएको छ । भाद्र ९ गते बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिकोे २० औँ बैठकले राष्ट्रिय पुनर्निर्माणको बाँकी काम सम्बन्धित निकायबाटै कार्य सम्पादन हुने गरी हस्तान्तरण गर्ने निर्णय गरेको हो । उक्त निर्णयको कार्यन्वयन गर्दै जिल्ला आयोजाना कार्यान्वयन ईकाई(भवन) सिन्धुपाल्चोकले गर्दै आएको भूकम्पपछिको पुनर्निर्माणको काम शहरी विकास कार्यालयलाई जिम्मा दिएको छ ।
बुधबार जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन)का निमित्त जिल्ला आयोजना प्रमुख सन्तोषकुमार निरौलाले सघन शहरी तथा भवन निर्माण आयोजना मन्थली रामेछापका ईन्जीनियर टंकप्रसाद गौतमलाई बाँकी काम हस्तान्तरण गरेका हुन् ।
२०७२ बैशाख १२ गते गएको बिनासकारी भूकम्पले क्षती पुर्याएको नीजी आवास तथा सार्वजनिक सम्पदाको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्दै आएको थियो । प्राधिकरणले सम्पन्न गर्न बाँकी काम सम्बन्धित निकायलाई नै हस्तान्तरण गर्ने निर्णय गरेसंगै यो प्रकृयामा गएको हो ।
निरौलाले दिएको जानकारी अनुसार जिल्ला आयोजना कार्यान्वयन इकाई(भवन) ले गर्दै आएको सरकारी तथा सार्वजनिक भवन,स्वास्थ्य संस्था पुरातात्वीक सम्पदा एवं गुम्बाहरु र उक्त कार्यहरुसंग सम्वन्धित सम्पति, दायित्व श्रेष्ता, कागजात, बेरुजु विवरण समेत शहरी विकास तथा भवन निर्माण विभाग अन्तरगतको संघीय आयोजना कार्यान्वयन इकाई सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयलाई सुम्पिएको बताए ।
उनले जाँदाजादै सामाजिक सञ्जाल फेसबुकमार्फल भनेका छन् ‘जानकारीमा निजी आवास एवं २० भन्दा बढी एकीकृत बस्ती पुनर्निर्माण सकिएको, ३७ वटा स्वास्थ्य भवन, ५ पुरातात्वीक महत्वका गुम्वाहरु पुनर्निर्माण भईरहेको छ ।’ अब समयममा नै बाँकी काम सम्पन्न हुने अपेक्षा राख्दै आफुलाई जिल्लामा रहदा बखत सहयोग पु¥यायनेहरुमा आभार व्यक्त गरेका छन् ।
निरौलाले सिन्धुपाल्चोकमा रहँदा बखत सवैको प्रीय भएर काम गरेका थिए । उलने भूकम्पले क्षती गरेको ३२ जिल्लामध्ये सिन्धुपाल्चोकमा पुनर्निर्माणको कामले उच्च स्थान पाएकोमा सम्मान एवं पुरस्कृत समेत भएका थिए । यसरी कामगरेपछि उनलाई मनसुनजन्य प्रकोप पश्चात गठन भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण सिन्धुपाल्चोकको फोकल पर्सनको जिम्मा समेत दिएको थियो । उनले जिम्मा लिएपछि २०७७ को लिदी पहिरो र घुम्थाङको पहिरोपीडितहरु लाभग्राही कायम भई अनुदान सम्झौतासमेत कार्य अघि बढिसकेको छ ।
स्मरण रहोस् शहरी विकासका सिन्धुपाल्चोक ईकाई प्रमुख टंकप्रसाद गौतमले नै निरौलालाई जिम्मा लगाएको काम पुनः आफैले जिम्मा लिएका हुन् ।
सिन्धुपाल्चोकमा हालसम्म पटक पटक गरि कायम भएका नीजी आवास पुननिर्माण र प्रवलिकरण गरि ९१ हजार ५४ जना लाभग्राही रहेको जिमालीले जानकारी दिएको छ । जसअनुसार पुनर्निर्माण बापत ३ लाख र प्रवलिकरण वापत १ लाख प्राप्त गर्ने गरेका छन् । जम्मा लाभग्राहीमध्ये प्रथम किस्ता ८९ हजार ५५ जना, दोस्रो किस्ता ८६ हजार ९ सय ९० र तेस्रो किस्ता ८२ हजार ७ सय ३९ जनाले लिएका छन् ।
अझै ८ हजार ३ सय १५ जनाले अन्तिम किस्तावापतको रकम लिन बाँकी रहेको छ ।
यो पनि पढ्नुहोस
जिमालीले गर्यो हस्तान्तरण पुनर्निर्माणको बाँकी काम (आवास तथा भवन) इकाईले गर्ने