हेलम्बु र मेलम्चीमा भत्किएका संरचनाको पुनर्निर्माण तत्काल गर्न गृहमन्त्रीको दिए निर्देशन

भदौ १९, मेलम्ची । यस बर्ष बाढी पहिरोबाट सर्वाधिक क्षति पुगेको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाकामा गृहमन्त्री बालकृष्ण खाँड पुगेका छन् ।
आज बिहानै त्यस क्षेत्र पुगेका गहमन्त्री खाँडले बाढी प्रभावितको स्थायी बास स्थानको व्यवस्था र पूर्ण क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण तत्काल गर्न गृहमन्त्री बालकृष्ण खाँडले निर्देशन दिएका छन् । बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकन गर्न हेलम्बु र मेलम्ची पुगेका गृहमन्त्री खाँडले मेलम्ची र ईन्द्रावती नदीमा आएकोे बाढीबाट हुने क्षति कम गर्न विभिन्न स्थानमा चेकड्याम बनाउनुपर्ने बताए ।
मेलम्ची खानेपानी आयोजनाको हेडवक्स तथा बस्तिहरु बचाउनका के कति ड्याम बनाउन पर्ने भनेर विस्तृत अध्ययन गरिने मन्त्री खाँडले बताए ।

गृहमन्त्री खाँणसहित पूर्व मन्त्री मोहनबहादुर बस्नेत तथा पूर्व सामाजिक विकासमन्त्री सहितको टोलीले मेलम्ची नगरपालिकाको मेलम्ची बजार र सो वरपरका क्षेत्र तथा हेलम्बु गाउँपालिकाको वडा नम्बर–२ गणेशबजार क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो ।
गृहमन्त्रीसहितको सो टोलीमा सांसद शेरबहादुर तामाङ, पूर्व मन्त्री मोहनबहादुर बस्नेत, योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, प्रदेशसभा सदस्य युवराज दुलाल र निमा लामा, गृह सचिव टेकनारायण पाण्डे, सडक विभागका महानिर्देशक अर्जुन थापा, सिँचाइ विभागका उपमहानिर्देशक प्रदीप थापा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेल र हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा सहभागी थिए ।

गत असार १ र साउन १६ गतेको आएको वर्षाको कारण सो क्षेत्रमा ५ जनाको मृत्यु ६ घाईते र २० बेपता छन् । बाढीपहिरोले १५ पुल ,सडक खेत र सयौँ घर टहरा सहित ठूलो धनजनको क्षति भएको यो बर्ष देशकै सर्वाधिक क्षतिको रुपमा लिईन्छ ।