संकटका बेला जुरुक्कै जुट्छन् ठूलोसिरुवारीका माओवादी कार्यकर्ता
दिनेश दुलाल
भदौ १४, चौतारा (सिन्धुपाल्चोक) । भनिन्छ, ्स्वविवेक प्रयोग गरेर काम गर्ने कार्यकर्तालाई माथिल्लो तहका कुनै नेताको निर्देशन र आदेश कुर्न पर्दैन । यदि जनताको हितमा र मानवीयताको काम छ भने स्वविवेक प्रयोग गर्दैै आफैं खट्छन् कार्यकर्ता । त्यस्तै उदाहरण ठूलोसिरुवारीका माओवादी कार्यकर्ताले प्रस्तुत गरेका छन् । त्याहाँका माओवादी केन्द्रका स्थानीय कार्यकर्ताहरु गाउँमा कुनै संकट पर्दा जुरुक्कै जुट्छन् र आईपरेको समस्या फत्ते गरेरै छाड्छन् । जसको ज्वलन्त उदाहरण दुईदिन सम्म बत्तीको पोल ढलेर अन्धकारमय बनेको ठूलोसिरुवारीलाई एकदिनमै झलमल्ल बनाउन भ्याए ।
लगातारको झरिको कारण पहिरोले रुख ढल्दा जल्किनी देखी १३ नम्बर वडा भरी पु¥याएको ११ हजार भोल्टेजको विद्युत लाइन चुँडिदा आईतबार देखि ठूलोसिरुवारी अन्धकारमय बनेको थियो । हाँडिखोला लगाएत ठूलोसिरुवारीमा मात्रै चारवटा लिफ्टिङ खानेपानी समेत प्रभावित बनेको थियो । तर भोलिपल्टै नेकपा माओवादी (केन्द्र) ठूलोसिरुवारीका नेता तथा कार्यकर्ता विद्युत प्राधिकरणलाई खवर गरेर अबरोध हटाउन कस्सिए । माआवादीका कार्यकर्ताले प्राधिकरणका कार्यकर्तालाई सक्दो सघाए । नभन्दै सोमबार साँझ नै बत्ती बल्न सम्भव भयो । जसको नेतृत्व वडा अध्यक्ष राम प्रसाद गौतमले गरेका थिए । माओवादीका कार्यकर्ता तथा कर्मचारी अथक मिहेनतका कारण आजै बत्ती बाल्न सम्भव भएको वडाअध्यक्ष रामप्रसाद गौतमले बताए । ‘विजुलीबत्ती लगाएत चारओटा लिफ्टिङ्ग खानेपानी विद्युतको अवरुद्वको कारण पानी पिउन समस्या भएको थियो, अब समाधान हुनेछ’, वडाअध्यक्ष गौतमले भने । जुनसुकै समस्या आउँदा पनि ठूलोसिरुवारीका माओवादी कार्यकर्ता क्षणभरमै जुट्ने गरेको माओवादी केन्द्रका स्थानीय नेता सूर्य श्रेष्ठले सिन्धुज्वालालाई बताए ।
भूकम्प होस या कोरोनाको माहामारी माओवादी कार्यकर्ता एकजुट भएर संकटको सामाना गर्ने गरिएको उनले सुनाए । उनका अनुसार बाढी पहिरोबाट विस्थापित हुन या जटिल रोग लागेका कारण उपचारबाट बन्चित सर्वसाधारणलाई सबै कार्यकर्ताले मिलेर सहयोग गर्छन् । त्यसैले त विकास निर्माण लगाएत हरेक कुरामा अन्य वडाकै तुलनामा ठूलोसिरुवारी अग्रस्थानमा रहेको धेरैको विश्लेषण छ ।
एकगढ बनेको ठूलोसिरुवारी माओवादी केन्द्र अहिले सम्म उसैको प्रभावमा रहेको १३ नम्बर वडाका पार्टी अध्यक्ष रामशरण विकको दावी छ ।
स्थानीय चुनावमा माओवादी केन्द्रले जितेको १३ नम्बर वडामा प्रदेश र संघको निर्वाचनमा समेत निर्णाएक मत रहेको त्याहाँका कार्यकर्ता ठोकुवा गर्छन् । जुनुसुकै पार्टी फुटेपनि माओवादी केन्द्र ठूलोसिरुवारीलाई कुनै असर नपर्ने पूर्व शिक्षक तथा स्थानीय नेता नारायण प्रसाद गौतमको तर्क छ ।