प्रहरीद्वारा १७ वर्ष पछि फरार अभियुक्त पक्राउ


भदौ १०, चौतारा । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले १७ वर्ष अघि फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ ।
सवारी ज्यान मुद्दामा अदालतबाट दोषी ठहरिएका बाह्रबिसे न.पा.९ बस्ने ३८ वर्षका विभोर श्रेष्ठलाई पक्राउ गरेको हो । ज्यान मुद्दामा धादिङ जिल्ला अदालतको फैसला कार्यान्वयन अन्तर्गत ०६१ साल पुस १९ गतको फैसालाले कैद जरीवाना सजाय भई फरार रहेका श्रेष्ठलाई पक्राउ गरिएको हो । जिल्लाबाट खटिएको प्रहरी टोलीले बुधबार चौतारा बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेत जानकारी दिए । उनलाई १७ वर्षपछि पक्राउ गरीएको हो ।
लामो समय फरार रहेका उनलाई कैद जरिवाना असुल उपरका लागि सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरेकोमा जिल्ला अदालतले बुधबार नै श्रेष्ठलाई जिल्ला कारागार चलान गरेको डिएसपी बस्नेतले बताए ।