
सिन्धु–काठमाडौं समन्वय समितिद्वारा पाँच स्थानीय तहको भेला सम्पन्न, चौतारा साँगाचोकगढी नगरपालिकाकाको अध्यक्षमा कुमार श्रेष्ठ चयन

दिनेश दुलाल
भदौ ५, काठमाडौं । नेकपा (माओवादी) केन्द्र सिन्धुपाल्चोक यतिबेला संगठन विस्तारमा होमिएको छ । उसले सिन्धु–काठमाडौं समन्वय समिति मार्फत काठमाडौंमा अस्थायी बसोबास गर्ने १२ स्थानीय तहका नागरिकलाई आफ्नो संगठनमा गोलबन्द गर्ने अभियान थालेको छ । सिन्धु–काठमाडौं सम्पर्क समन्वय समिति अन्र्तगत पाँच स्थानीय सम्पर्क समन्वय समितिको भेला सम्पन्न गरिसकिएको सो पार्टीले जनाएको छ । जस अनुसार शनिबार चौतारा साँगाचोकगढी–काठमाडौं सम्पर्क समन्वय समितिको नगर भेला सम्पन्न भएको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न नगर भेलाले कुमार श्रेष्ठको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
इन्चार्ज रेशम श्रेष्ठ र सहईन्चार्ज राजेश श्रेष्ठ रहेको उक्त सम्पर्क समन्वय समितिमा उपाध्यक्ष चानस गिरी र कुमार शर्मा चयन भएका छन् । त्यस्तै सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः दिपक नेपाल, प्रेम बहादुर थापा, सञ्जय कार्की, चयन भएका छन् । त्यस्तै सदस्यहरुमा ढिगु तामाङ, टीका प्रसाद सापकोटा, कृष्णबहादुर कार्की, गोविन्द शर्मा, राजेश श्रेष्ठ, दिर्घ सापकोटा, रञ्जित गौतम, रमेश श्रेष्ठ, नारायण गिरी, लोकमणी सापकोटा, ज्ञानबहादुर माझी, मनोज श्रेष्ठ, मेघनाथ चौलागाई, सुरेन्द्र नेपाल, राजेश लामा, राजु ढकाल, राजेश कटुवाल, पार्वती शर्मा, केशव श्रेष्ठ, सम्भु थापा, प्रदिप श्रेष्ठ, जीवन श्रेष्ठ, चन्द्रबाहदुर गिरी, अम्बिका गौतम श्रेष्ठ, सन्देश श्रेष्ठ र सविन अधिकारी चयन भएका छन् ।
भेलामा माओवादी केन्द्र सिन्धुपाल्चोकका जिल्ला ईन्चार्ज कृष्ण सापकोटा लगाएत जिल्ला नेताहरु सहभागी थिए । सम्पर्क समन्वय समितिको नगर भेलालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला ईन्चार्ज सापकोटाले पार्टीको भर्खरै सम्पन्न केन्द्रीय समितिको वैठक सम्पन्न पछि अहिले पार्टी बल्ल आफ्नो धरातलमा आईपुगेको अनुभूति सुनाए । समाजवादको आधार तयार पार्ने र एकाईसौ शताब्दीको समाजवाद कस्तो हुने ? भन्ने खालको पार्टी भित्र बहस भएको उनले बताए । नेतृत्वले भावना संकलन गर्ने भन्दा भन्दा पनि हरेक हिसाबले नेतृत्वले जिम्मेवारी बहन गर्न सक्न पर्ने उनले धारणा राखे ।
भेलालाई सम्बोधन गर्दै जिल्ला सहईन्चार्ज माधव सापकोटा ‘सुवोध’ले केन्द्रीय समितिको सम्पन्न बैठककले नयाँ क्रान्तिकारी विचारको विकास र नयाँ पार्टीको निमार्णमा जोड दिएको बताए । विचारको विकासलाई संश्लेषण गर्नेगरी पार्टीको केन्द्रीय समितिको बैठक सुरू भएको स्मरण गर्दै नेता सापकोटाले भने,‘नत दुस्सास गरेर समाजवादी व्यवस्थाको आधार तयार गर्न सक्छौ न सुधारवादी भएर समाजवाद ल्याउन सकिन्छ ।’ बरू यहि पार्टीलाई रूपान्तरित क्रान्तिकारी पार्टी बनाउन सकिने उनले तर्क पेश गरे । त्यस्तै अर्का पार्टीका सहईन्चार्ज तथा पूर्व सामाजिक विकासमन्त्री युवराज दुलालले आजको कार्यभार भनेको पार्टीको आन्तरिक संगठनलाई कसरी सुदृढीकरण गर्ने भन्ने उद्देश्य रहेको बताए ।
माओवादी पार्टी नयाँ ढंगको बनाउने माहाअभियानमा लाग्नु पर्ने धारणा राख्दै नेता दुलालले आगमी योजना अनुसार पार्टीलाई जनतामाझ चिनाउने र नेतृत्वलाई स्थापित बनाउन पर्ने बताए ।
आन्तिरक पार्टीको पहल कदमी उठाउने माओवादी केन्द्रको कारण अहिलेकोे उपलब्धी भएको जिकिर गर्दै प्रदेश सांसद दुलालले जनातमा माओवादी शक्ति चाहिन्छ भन्ने जनविश्वास बढेको दावी गरे । कार्यक्रमलाई जिल्ला नेता सरल सहयात्री पौडेल, चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङ, सिन्धु–काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष ठूलोबाबु श्रेष्ठ लगाएतले सम्बोधन गरेका थिए ।
सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये पाँचवटा सम्पर्क समन्वय समितिको भेला सम्पन्न भईसकको सम्पर्क समन्वय समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनका अनुसार बाँकी ७ वटा सम्पर्क समन्वय समितिको भेला सकिएसंगै सिन्धु–काठमाडौं सम्पर्क समन्वय समितिको जिल्ला स्तरीय भेला आयोजना गरिने छ । यस अघि गणतान्त्रिक मोर्चा तथा मन्चको रुपमा विकास गरेको माओवादी केन्द्रले पछिल्लो पटक सम्पर्क समन्वय समितिलाई पार्टी जिल्ला तहकै हैसियत प्रदान गरिएको जनाएको छ ।
यसैबीच शनिबार नै नेकपा (माओवादी केन्द्र) चौतारा सांगाचोकगढी नगरपालिका अन्र्तगत १३ नम्वर वडा अन्र्तगत काठमाण्डौ सम्पर्क समन्वय समितिको भेला सम्पन्न भएको छ ।
नेकपा (माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं वागमति प्रदेश सदस्य युवराज दुलाल प्रमुख तथा १३ नम्बर वडाअध्यक्ष रामप्रासद गौतमको विशेष आतिथ्यतामा सम्पन्न भेलाले मेघनाथ चौलागाईको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको छ । भेलाले दल बहादुर श्रेष्ठ (मंगल), लिला बहादुर श्रेष्ठ, निर्मल श्रेष्ठ र गोकुल गौतम गरी चारजना उपाध्यक्ष चयन गरेको छ । त्यस्तै सचिव, दुई सहसचिव र कोषाध्यक्षमा क्रमशः अम्विका गौतम श्रेष्ठ, हरी बहादुर श्रेष्ठ। थान बहादुर श्रेष्ठ र चानस गिरी चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा चोक बहादुर दुलाल, प्रेम गिरी, दोकबहादुर श्रेष्ठ, प्रकाश श्रेष्ठ, रेशम वराल, रमेश नेपाली र सरोज श्रेष्ठ चयन भएका छन् ।
यसैगरी रघुनाथ पुरी (अर्जुन) को संयोजकत्वमा जनार्दन फुँयल र झम्क श्रेष्ठ गरी तीन सदस्यीय सल्हाकार समिती समेत चयन गरिएको १३ नम्बर वडाका पार्टी अध्यक्ष रामशरण विकले जानकारी दिए ।