
पोष्टमार्टम सकिदा पनि अस्पतालमै शव अलपत्र, बाहिरी चलखेल ज्यादै, परिवार चिन्तित

साउन २८, बाह्रबिसे (सिन्धुपाल्चोक) । एकसाता अघि धुलिखेलमा उपचारको क्रममा मृत्यु भएका एक युवकको पोष्टमार्टम गरिएपनि अझै सम्म आफन्तले शव बुझेका छैनन् । ईलाका प्रहरी कार्यालय बाह्रबिसेको प्रहरी हिरासतमा चोरीको आरोपमा राखिएका ३२ वर्षीय खड्कबहादुर तामाङको उपचारको क्रममा धुलिखेलमा २२ गते मृत्यु भएको थियो । प्रहरीकै यातानाको कारण ती युवकको ज्यान गएको भनेर मृतकका आफन्त ओन्दोलित भएपछि सायक प्रमुख जिल्ला अधिकारी बाबुराम खानालको संयोजकत्वमा ७ सदस्यीय छानवि समिति बनेको थियो । युवकको टिचिङ अस्पताल महारजगन्जमा बुधबार पोष्टमार्टम गरीए पनि अस्पतालमै शव व्यवरिसे बनेको छ ।
पोष्टमार्टम गरिएको एक सातामा रिर्पोट आउने भएपनि रिपोर्ट नआउँदा सम्म शव नबुझ्ने मृतक खड्कबहादुरकी दिदि निरमायाँ तामाङले बताईन । रिपोर्ट सहि नआए अन्तै ठाउँमा लैजान पर्ने भएकोले शव बुझेर दाहासंस्कार नगरेको उनले बताईन । मृतकका बुबाको सल्लाहा अनुसार रिपोर्ट पछि मात्रै दाहासंस्कार गरिने मृतकका अर्का आफन्त दानबहादुर तामाङले बताए ।
पोष्टमार्टम गरिसकेपछि शव व्यावारिसे राख्न नहुने बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाको भनाई छ । शव आफन्तलाई बुभ्न नदिएर केहीले लासको राजनीति गर्न खोजेको उनले आरोप लगाए । केही अराजक व्यक्तिले सुरुमै पोष्टमार्टम गर्न अवरोध गरेको उनले सुनाए । ‘शव पुरै दुर्गन्धित भईसक्ने अवस्था छ’, उनले भने । गलत रिपोर्ट नआहोस भनेर शवको व्यवस्थापन गर्न खोजे पनि केही अराजक व्यक्तिहरुको उक्साउटमा रोक्न खोजेको उनको आरोप छ । पीडित परिवार पनि पोष्टमार्टम पछि दाहासंस्कार गर्न सहमत भएको उनले सुनाए । ‘मृतकका परिवार समेत निराश देखिएका छन्’, मेयर शेर्पाले भने, ‘कति दिन बस्ने काहाँ बस्ने ? उनीहरुलाई खान र बस्न समेत समस्या भएको छ ।’ मृतकका आफन्तलाई मेयर शेर्पाले नै सहयोग गरेका छन् ।
मेयर शेर्पाका अनुसार पोष्टमार्टम रिपोर्ट आउन अझै एकसाता लाग्ने छ । पोष्टमार्टम गर्दा शरिरका प्रत्येक भागहरुमा निलडाम देखिएको थियो ।
प्रहरी हिरासतमा राखिएका खड्कबहादुरको उपचारका क्रममा मृत्यु भएपछि लगत्तै बाह्रबिसे नगरपालिकाको पहलमा जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग र सञ्चारकर्मी नागरिक समाज लगाएत बसेर छानवि समिति बनाउने सहमति भएको थियो । सायक प्रजिअको संयोजकत्वमा राष्ट्रिय अनुसन्धानको डिएसी, जिल्ला प्रहरी कार्यालयको डिएसी, बारको अध्यक्ष, सम्बन्धित वडाको जनप्रतिनिधि र पीडितबाट एकजना बस्ने सहमति भएको थियो । तर सहमति भएको भोलिपल्ट डिबी लामा लगाएतले समितिको विरोध जनाएपछि उनलाई समेत थपेर ७ सदस्यीय समिति बनाईएको थियो ।
आफु समितिमा बस्न पर्छ भनेर कुनै अवरोध नपु¥याएको डिबी लामाले बताए । मृतकको बुबाको माग अनुसार नै आफू तामाङ समाजको तर्फबाट समितिमा रहेको उनले स्पष्ट पारे ।
उनी समेत रहेको ७ सदस्यीय छानविन समितिले रिपोर्ट आएपछि मात्रै प्रतिवेदन पेश गर्ने भन्दै खासै कुनै प्रगति गरेको छैन् । छानविन समितिका संयोजक समेत रहेका सायक प्रमुख जिल्ला अधिकारी बाबुराम खानले भने कुनै प्रतिक्रिया दिन चाहेनन् ।